सासू, ससुरा र श्रीमानले कुटपिट गर्दा लक्ष्मीको मृत्यु

चरिकोट, वैशाख ८ गते ,

दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–१३ लामाटोल निवासी ३२ वर्षीया लक्ष्मी तामाङको आज विहान कुटपिटका कारण मृत्यु भएको छ ।

आफ्नै सासू, ससुरा र श्रीमान्को कुटपिटका कारण लक्ष्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयको प्रारम्भिक अनुसन्धानले जनाएको छ । आइतबार बेलुकी लक्ष्मी श्रीमान् हरि तामाङ, सासू सुन्तली लामा र ससुरा कार्साङ तामाङको कुटाइबाट सख्त घाइते बनेपछि साधारण उपचारका लागि जिल्लास्थित च्छो–रोल्पा जनरल अस्पतालमा उपचार हुन नसकेपछि उनलाई अस्पतालले वीर अस्पताल, काठमाडौँमा रिफर गरेको थियो । वीर अस्पतालमा उनको उपचार हुन नसकेपछि आज बिहान पौने ४ बजे मृत्यु भएको थियो । उनको शरीरका विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक जीवन लामाले बताउनुभयो । लक्ष्मीको ६ वर्षीय छोरासमेत रहेको छ । घरमा आफ्नो पक्षका कोही नभइदिँदा र माइती पक्षले ढिला थाहा पाउँदा समयमै उपचार हुन नसकी उनको मृत्यु भएको स्थानीयले बताएका छन् । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com