महोत्तरी, चैत २२ ,
सर्लाहीबाट अपहरण गरी भारत पुर्याइएकी एक बालिकालाई महोत्तरी प्रहरीले फर्काएको छ । प्रहरीले सर्लाहीको खयरवा ४ की यादव थरकी १४ वर्षीया बालिकालाई डेढ महिनापछि उद्धार गरेको हो ।
प्रहरी उपरीक्षक सौरभ राणाका अनुसार भारतीय सुरक्षाकर्मीसँग सहकार्यमा भारतको उमगाँउ नजिकबाट बिहीबार राति उद्धार गरिएको हो । शुक्रबार उनलाई जलेश्वर ल्याइएको छ । प्रहरीले मलिवारास्थित प्रहरी चेकपोस्टका सई पृथ्वी खत्रीको कमान्डमा टोली गरेको थियो ।
अपहरणकारीले बालिकालाई सडकछेउ छाडी भागेका थिए । राणाका अनुसार बालिकालाई महोत्तरीको बथनाहास्थित सकरीका ५० वर्षीय शत्रुघन साहले भारत पुर्याएका हुन् । अपहरणपछिको यातना र यौन शोषणबाट बालिकाको स्वास्थ्य अवस्था दयनीय छ । उद्धारलगत्तै जलेश्वर अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा बालिका ‘गर्भवती’ रहेको रिपोर्ट प्राप्त भएको राणाले जनाए ।
‘डर देखाएर उसले पटकपटक जबरजस्ती गर्यो,’ बालिकाले भनिन्, ‘नमान्दा कुट्थ्यो ।’ छोरी भेट्न जिल्ला प्रहरी आएका बालिकाका बुबा रामबाबुका अनुसार अपहरणकारी साह ४/५ वर्षदेखि सर्लाही खयरवा गाउँमा मामाससुराको घरमा परिवारसहित बस्दै आएका छन् । साहकी पत्नीसहित २० वर्ष नाघेका ५ छोराछोरी रहेको रायले जनाए । source-kantipur: