कविता: '' बन्द्व '' By, रतन



कविता: '' बन्द्व '' By, रतन 'राज' पुन 

एकाईसौं सताब्दी!
प्लाष्टिकहरुको झोला,
बोकेर बेफाईदा के होला?
मात्र,
जताततै फ्याल्छन् सबैले 
र फोहोर बढ्छ, अनि 
सरसफाई कम, यत्ति हैन?
बरु प्लाष्टिकको प्रयोग,
अलि कम गर भनेर सुझाब देऊ!
ए सरकार एउटा प्लाष्टिकको कारण 
देश नेपाल बन्द्व नगर!

बर्षमा ३६५ दिनमा 
२०० दिन बन्द्व गरेपछि 
हामी गरिबहरुले 
१६५ दिन मात्र के गर्ने?
यतातिर कतै विरामी 
अस्पतालको सैयामा हुन्छन्,
कतै कोही मृत अवस्थामा हुन्छन्!
यस्तै पीडाहरुले नेपाल आमा रुन्छन्,
सरकारी कार्यालय बन्द्व भएपनि 
नेपाली यातायात किन बन्द्व??
किन बन्द्व???

यसरी नेपाल बन्द्व धेर नगर
चौरासीको फेरी श्वासै बन्द्व भै'देला,
कुकूर मरेपनि नेपाल बन्द्व,
यो के होला??
टायर बाल्नेहरु सडकभरी छन्,
हत्यारा छन्,बलात्कारी सब छन्,
यिनै अत्याचारीसङ्ग मिलेर बन्द्व???
यसरी नेपाल सँधै बन्द्व-बन्द्व मात्र,
हुनुभन्दा ६०१ सभासदहरु ..
सवैको श्वास नै भैदिएमा बन्द्व,
हामीलाई निकै हुनेथियो आनन्द्व!

बरु,
नेपाल बन्द्व भन्ने मुखले ,
शान्ति, संविधानको नाम जप!
नेपाल बन्द्व लेख्ने हातले, 
शान्ति र संविधानकै अक्षर लेख!
दिनभर बैठक बसेर
साँझपखसम्म,
भोलिपल्ट नेपाल बन्द्वबारे छलफल गर्छौ?
एउटा बिषयमा बन्द्व गरेर,
साह्रा जनतामाथी असर अनि 
प्रभावको थुप्रो नगरीदेऊ!
सक्छौ भने त नेपालबाट अनवरत बगेका,
नदि बन्द्व गर, 
सदुपयोग गर,
र,
अझ यातायातको बृद्वि विकास गर,
ए! सरकार??
तर बन्द्व नगर!

- रतन 'राज' पुन
   जाजरकोट

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com