चेपाङ केन्द्रलाई नायिका रेखा र व्यवसायी आरके शर्माको सहयोग

रत्ननगर, चितवन ६ बैसाख ,

शिशिर सिंखडा : पूर्वी चितवनको रत्ननगर–१० मंगलपुरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग भएको छ ।

नायिका रेखा थापाले खाने तेल र गैरआवासीय नेपाली संघ कतारका सल्लाहाकार एवम् व्यवसायी आरके शर्माले चामल सहयोग गरेका हुुन । केन्द्रमा आयोजित कार्यक्रममा अभिनेत्री थापाले चेपाङ वालवालिकाको लागि आश्रम स्थापना गरी विपन्न र विकटका वालवालिकालाई शिक्षा दिलाउने केन्द्रलाई फेरी पनि सहयोग गर्ने प्रतिबद्धता जनाईन ।

उनले दुई महिनाको लागि दुई सय लिटर तोरीको तेल सहयोग गरेकी हुन । त्यस्तै गैरआवासीय नेपाली संघ कतारका सल्लाहाकार एवम् व्यवसायी आरके शर्माले वालवालिकाको लागि दुई महिनालाई पुग्ने २१ क्वीन्टर चामल सहयोग गरेका छन । साथै शर्माले वालवालिकाको लागि किताब राख्ने झोला र खाजा समेत सहयोग गरेका छन ।
कार्यक्रममा केन्द्रका अध्यक्ष केपिकिरण शर्माले नायिका रेखा थापा र आरके शर्माको सहयोग केन्द्रका लागि सबै भन्दा ठुलो भएको बताए । यसैबीच नायिका थापा र गैरआवासीय नेपाली संघ कतारका सल्लाहाकार आरके शर्मा केन्द्रको सदस्य समेत बनेका छन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com