बाग्लुङ्ग समाज युएईले सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै

अबुधाबी(युएई ) बैशाख ११,

मोहन राई : आफ्नो घरदेश छोड़ी परदेशमा रोजगारीको सिलशिलामा परदेशी जीवन बिताउन बाध्य नेपालीहरु द्वारा स्थापित सामाजिक संस्था जो अहिले युएइ मा संम्पूर्ण नेपालीहरुको दुःख,सुखको चौतारी बन्न सफल भइरहेको छ भन्नुमा दुई मत नहोला ।

प्रवाशको ठाउँमा रहेता पनि आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको सामाजिक संस्था बागलुङ सेवा समाज, युएई मा निकै चर्चामा आएको संस्था हो,जस्ले बिभिन्न सामाजिक,सांस्कृतिक कार्यक्रमहरु गर्दै आएको छ । भर्खरै गत मार्च २७ मा उक्त समाजले युएई(दुबइ)को होटल स्विट इम्पेरियममा नेपालका ख्याति प्राप्त कलाकारहरु तिलक बम मल्ल र नीलिमा पुन को उपस्थितिमा बृहत् सांगीतिक कार्यक्रम '' चैते दशैं धमाका २०७१" सम्पन्न गरेको थियो ।

त्यसपछि लगत्तै संस्थाले क्षेत्रिय स्तरबाट अन्य नयाँ कार्यक्रमहरुको आयोजना गर्दै ल्याएको छ,जस्तै अबुधाबी क्षेत्रिय समिति मार्फत पुन चैते दशैँ धमाका २०७१ । यसै समाजको रश अल खेमाह क्षेत्रिय समिति मार्फत आउदो मे ८ तारिखका दिन रस अल खेमाह को पहाडमा बिशाल ''बनभोज तथा सांस्कृतिक कार्यक्रम'' को आयोजना गर्न गइरहेको संस्थाका खिमलाल पाण्डे ले जानकारी दिनु भएको छ,जसमा संम्पूर्ण प्रबासी बागलुङ बाशिहरुलाई समेट्ने जमर्को गरिएको छ ।
संस्थाले दिएको जानकारी अनुसार युएईमा कार्यरत संम्पूर्ण नेपालीहरुलाई पनि उक्त कार्यक्रममा आमन्त्रित गरिएको छ | जसको लागि दुबईमा रहनुहुने साथीहरुले तलको मोबाइल नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ । खिमलाल : ०५५ २३ ८२ ६०५

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com