सार्कमा नेपालबाट पहिलोपटक महिला कूटनीतिज्ञलाई निर्देशकको रुपमा पठाईदै

काठमाडौ, वैशाख ०४,

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा पहिलो पटक नेपाल सरकारले महिला कूटनीतिज्ञलाई निर्देशकको रुपमा पठाएको छ ।

राजधानीको त्रिदेवी मार्ग, ठमेलमा रहेको सार्क सचिवालयलमा परराष्ट्रकी उपसचिव रिता धितालले नेपालको तर्फबाट निर्देशकको जिम्मेवारी बुधबारबाट सम्हालेकी हुन्। नेपालबाट प्रथम महिला निर्देशको रुपमा रिता गएकी भए पनि सार्क सचिवालयको स्थापना पछि उनी छैटौं महिला निर्देशक हुन् । सर्वप्रथम भुटानले महिला निर्देशक सार्कमा पठाएको हो भने श्रींलका, भारत र माल्दिभ्सले महिला निर्देशक पठाईसकेका छन् । भुटानले दुईपटक र श्रीलंकाले एक पटक पहिला नै पठाएका हुन ।  हाल भने भारत र माल्दिभ्सको तर्फबाट महिला निर्देशक छन् । सार्कमा आठ वटै सदस्य राष्ट्रका एक-एक निर्देशक रहने प्रावधान छ ।  सार्कमा माल्दिभ्सले त चार बर्ष अघि महिला महासचिव नै पठाएको थियो । तर पछि माल्दिभ्सको आन्तरीक राजनीतिको कारण बीचमा नै उनी र्फकनु परेको थियो ।

नेपालको कूटनीतिक सेवामा महिला निकै कम भएको कारण अहिलेसम्म सार्कमा पठाउने महिला नै नभएको अवस्थामा पछिल्लो पटक उनी रोलक्रम अनुसार नै परेकी हुन् । आठ बर्ष अघि पत्रकारीताबाट शाखा अधिकृतको रुपमा खुला प्रतिशपर्दाबाट परराष्ट्र सेवामा प्रवेश गर्दा उनी दोस्रो महिला अधिकृत थिइन । उनी भन्दा माथि अम्विका लुइटेल उपसचिवको रुपमा रहेकी थिइन । लुइटेल दुईबर्ष अघि सहसचिव भइन भने अहिले फ्रान्सको राजदूत छन् । लुइटेल कूटनीतिक सेवाबाट राजदूत हुने दोस्रो महिला हुन । पाच बर्ष अघि महिला प्रतिशपर्दाबाट सेवा लम्साल अधिकारी सिधा उपसचिवमा परराष्ट्र सेवा प्रवेश गरिन त्यसको एक बर्ष नहुदै उनी लुइटेललाई पछि पार्दै खुलाबाट सहसचिव भइन र हाल उनी न्यूयोर्कमा नियोग उपप्रमुखको रुपमा रहेकी छन । रित भन्दा माथि उनीहरु मात्र परराष्ट सेवामा रहेका भए पनि उनी भन्दा तल भने अहिले करिव तीन दर्जन महिला अधिकृत तथा नायब सुब्ब छन् ।

उनी तीन बर्ष अघि खुला प्रतिशपर्दाबाट नै उपसचिव भएकी हुन् । परराष्ट्र युरोप अमेरिका महाशाखा, चीन र जापान समेत हेर्ने उत्तरपूर्वि एसिया, र राष्ट्रसंघ महाशाखामा काम गरिसकेकी उनी पछिल्लो समय दक्षिण एसिया महाशाखमा थिइन । ब्रसेल्स स्थित नेपाली दूतावासमा प्रथम सचिवको रुपमा काम गरिसकेकी उनले क्षेत्रीय संगठनको संरचना बुझेकी परराष्ट्र अधिकारीहरुको दावी छ । एक साता अघि नै उनी सार्क सचिवालयमा हाजिर हुनपर्ने भए पनि उनीअघिका निर्देशकले केही दिन थप गरेपछि एकसाता ढिलो गरि उनी गएकी परराष्ट्र मन्त्रालयले जानकारी दिए । _ इकान्तिपुरबाट:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com