सल्यानमा क्षयरोगीको सङ्ख्या बढ्दै

सल्यान चैत्र २४,

यहाँ क्षयरोगीको सङ्ख्या वृद्धि हुँदै गएको छ । धूम्रपान र मद्यपान सेवनको वृद्धि तथा रासायनिक मलको प्रयोग गरेका खाद्य वस्तुको प्रयोग बढेसंँगै रोगी बढ्दै गएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाभरि तीन सय १९ क्षयरोगीका बिरामी रहेको पाइएको छ । गत आवमा जिल्लाभरि दुई सय २९ मात्रै क्षयरोगीका बिरामी भेटिएकामा यस वर्ष थप ९० नयाँ रोगी पत्ता लागेको कार्यालयका क्षयरोग स्रोत व्यक्ति लक्ष्मण केसीले जानकारी दिए ।

उनका अनुसार गत आवमा एक सय २० जनामा ‘पोजेटिभ’ र एक सय नौ जनामा ‘नेगेटिभ’ गरी दुई सय २९ जना सङ्क्रमित फेला परेका थिए भने चालु आवमा ३४ ‘पोजेटिभ’ र ५६ जना ‘नेगेटिभ’ सङ्क्रमित पाइएको छ । रोगीले लाजले रोग लुकाउने र उपचारका लागि स्वास्थ्य संस्थामा नआउने भएकाले पनि रोगीको सङ्ख्या बढ्ने उनको भनाइ छ ।

जिल्लाका ४८ स्वास्थ्य केन्द्रबाट क्षयरोगको निःशुल्क औषधि पाइने र स्वास्थ्यकर्मीको प्रत्यक्ष निगारानीमा औषधि सेवन गरेमा निको हुने भए पनि बिरामी औषधि सेवन गर्न स्वास्थ्य संस्थासम्म नआउने भएकाले समस्या भएको केसीले बताए। रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com