परिवर्तन र परिमार्जन फेसन २०७१

काठमान्डू बैशाख १०,

परिवर्तन र परिमार्जन फेसनको पर्यायका रूपमा रहने यथार्थसँगै वर्ष-२०७१ को फेसन संसारमा अनेकन् कुरा आत्मसात गर्न पाइयो । फेमिनेन् स्टाइलको प्रतिबिम्बका रूपमा हेरिएको लेसको प्रयोग यो वर्ष निकै देखियो । स्कर्ट देखि ट्रेन्चकोट र विभिन्न एक्सेसरिजमा समेत लेसको प्रयोग देख्न पाइयो । सुन्दर टप्सदेखि ड्रेस स्टाइलसम्ममा लेसको प्रभाव देखियो । क्लासिक बटन डाउन टपसित लेस पेन्सिल स्कर्ट वा लेस टप सित ब्वायफ्रेन्ड ब्लेजरको जोडा फेसन संसारमा निकै हिट रह्यो । 

ग्ल्यामरस र सेक्सी छवि प्रस्तुत गर्नेहरू माझ शियर र सुपर ड्रेसमा समेत लेसको प्र्रभाव देखियो । फेमिनेन र मस्कुलिन दुवै प्रभाव देखाउन सक्ने क्रप्ड सर्ट पनि गएको वर्ष हिट रह्यो । क्लासिक र सोफिस्टिकेटेड छविलाई यो शैलीको साथ प्राप्त भयो । स्लाउची पाइन्ट, मस्कुलिन टेलर्ड ब्लेजर तथा ओभर साइज्ड सर्टहरू, वाइड लेग पाइन्ट, ब्यागी कुलोट्स, अनटक्ड सर्ट, डेनिम डंगारिज पनि गत वर्ष चलेको फेसन ट्रेन्ड रह्यो । ग्रन्ज शैली, फ्लोरल स्कट र ड्रेस, लेगिङ, जेगिङ, क्रप टप्स, भेल्भेट आदि पनि लोकप्रिय रहे । फ्लोरल ड्रेसहरूको विविधता पनि यस पटक हिट रह्यो, जसमा सफ्ट पेस्टल सेड्सदेखि मोनोक्रोम सेड्स, टान्जरिन, लेमन र लाइमको प्रभुत्व देखियो । 

युवाहरूमा चेक सर्टको क्रेज देखियो । विशेष गरी किशोर अवस्थाका युवा यसतर्फ लोभिए । क्वाटर पाइन्ट, हाफ जिन्स टिसर्ट, विनचिटर, आउटर, स्किनी चुज पाइन्ट, पातलो हाफ स्लिभ सर्ट, हाफ पाइन्ट, सिफनका टिसर्टहरू झरीका बेला युवतीहरूमा फेसन कोड रह्यो भने युवाहरूमा जेन्स हाफ पाइन्ट, टिसर्टहरू, ओवर साइज्ड टिसर्ट, क्वाटर पाइन्ट, विनचिटर आदि देख्न पाइयो । क्याजुयल पार्टीका लागि स्टोन वर्क गरिएको, टाइगर प्रिन्ट, गिल्टर वर्क तथा सितारा वर्क गरिएका टिसर्ट लोकप्रिय रहे । त्यसैगरी क्याजुयलमा सादा, प्रिन्टेट तथा चेक टिसर्ट, राउन्ड नेक, भि नेक, स्टाइभ टिसर्ट, ब्याक ओपन, अफ सोल्डर, स्लिभलेस, हल्टर, ब्याक नेट, कुर्ती डिजाइन टिसर्ट, टिनेक टिसर्ट आदिको बजार पनि बलियो देखियो ।

तेर्सो, ठाडो वा कुनै पनि दिशातर्फको स्ट्राइप्सको प्रभावबाट यो वर्ष सायदै कोही अछुतो रहे । ब्ल्याक एन्ड व्हाइटको नियमित स्ट्राइप्सबाहेक यो पटक चेरी, नेवी, घाँसे हरियो रंगको स्ट्राइप्सको प्रभाव पनि निकै देखियो । टप्स मात्र नभै बटम वेयरमा पनि स्ट्राइप्सले आफ्नो जादु चलायो । प्रिन्ट्सकै कुरा गर्दा यसपटक डिजिटल प्रिन्ट्सको लोकप्रियता निकै रह्यो । म्याक्सी, कफ्तानदेखि लिएर पेन्सिल स्कर्टसम्म डिजिटल प्रिन्टले आफ्नो प्रभाव बढी देखायो । ग्राफिक प्रिन्ट पनि हट ट्रेन्डका रूपमा रह्यो । गएको वर्षको समर स्प्रिङ फेसनमा लामो खालको रंगीन म्याक्सी, सेक्सी एवं सफिस्टीकेटेड लुकमा पेन्सिल स्कर्ट, खुल्ला रूपमा लगाइने बर्मुडाइन, ओवरसाइज्ड क्रिस्प व्हाइट सटर््स, स्ट्राइप्ड स्किनी ट्राउजर्स, पि|mली ड्रेसेज, व्हाइट टक्सिडो ज्याकेट, लेदरको बँमर ज्याकेट, स्ााइड स्प्िलट्सका साथै फ्रन्ट स्प्िलट्स भएका स्कटर््स, लगाउँदा हल्का महसुस हुने एवं हल्का रंगका लेदर स्कटर््स पनि चल्तीमा रहे । 

त्यसैगरी विभिन्न प्रकारका लेगिन्ससँग लंग टिसर्ट लगाउने, स्कर्ट तथा निलेन्थमा स्लिभलेेस टिसर्ट वा छोटा टिसर्ट जोडा मिलाउनेहरू पनि फेसन बजार निकै देखिए । युवावर्गमा भने भी नेक टिसर्ट, राउन्ड नेक टिसर्ट, हाफ बाउला टिसर्ट, सादा टिसर्ट विशेषत:  लोकप्रिय रहे । प्रिन्टेड टिसर्ट पनि युवाहरूको रोजाइमा पर्‍यो । विभिन्न खेलाडीको तस्बिर, सगरमाथाको चित्र, नेपालको झन्डा, नेपालका अन्य धरोहर एवं विभिन्न सन्देश अंकित टिसर्टको माग पनि निकै बढेको पाइयो । फुटबलको विश्व कप ताका विभिन्न देशको जर्सीको प्रयोगले वातावरण नै फुटबलमय बनायो, जसमा अर्जेन्टिना, ब्राजिल, जर्मनी, इङ्ल्यान्ड, स्पेन, पोर्चुगल तथा इटालीका जर्सी बढी प्रयोग भए ।

जाडोमा महिला कोट तथा बाक्ला टिसर्ट एवं पुरुष हुड तथा ज्याकेटतर्फ आकर्षण देखियो । जाडोका पहिरनामा महिलाहरूको ज्याकेट, जम्पर, हुड, जिन्स वा लेदर ज्याकेट तथा फेसनेबल आउटरदेखि ऊलन स्विटर, हाफ ज्याकेट, विन ज्याकेटतर्फ झुकाव बढेको पाइयो । यसैगरी विभिन्न स्टाइल र डिजाइनका लेगिङ, जेगिङ, लेदर तथा जिन्सका ज्याकेट, हाइनेक, फुल बाउला टिसर्ट तथा सर्ट, स्कार्फ, काने टोपी, मोज्ाा, पञ्जा आदि पनि विन्टर वुमेन वार्डरोबको हिस्सा बन्यो । पुरुषहरूमा भने लेदर तथा जिन्स ज्याकेट, उलनका स्वीटर, कोट, हाफ ज्याकेट, ज्याकेट, मोजा, पञ्जा, टोपी आदि न्याना पहिरन बढी प्रचलनमा रहेे । 

लगाउँदा फिटिङ र स्मार्ट व्यक्तित्व झल्कने फेसनेबल क्याजुयल ज्याकेटको फेसन यस पटक युवाहरूमा लोकप्रिय रह्यो, जसमा विन प्रुफ, सिन्थेटिक लेदर, कटन, उलन तथा फर ज्याकेट बढी रुचाइयो । स्पोर्टी र सिक लुक भएको, ट्रेन्डी र कम्फी देखिने बम्बर ज्याकेट पनि उत्तिकै बिक्री भए । लङ स्कर्ट, प्रिन्टेड टी सर्ट, टेलर्ड पाइन्ट आदिसित यसको जोडा निकै रुचाइयो । क्रप्ड सिलहुट्, ल्याभिज डिटेलिङ र विविध कलर रेन्जमा उपलब्ध क्रप्ड फर ज्याकेट पनि जाडोमा पपुलर भए । जाडोको साथीका रूपमा उपलब्ध एम्बेलिस्ड बाइकर ज्याकेट, मिनी स्कर्ट, मिडी स्कर्ट, सेक्सी सर्ट ड्रेस, लेदर पाइन्ट, एङ्कल एवं थाइ हाई बुटको जोडाका रूपमा प्रयोग भएका क्वील्टेड ज्याकेट देखि ब्वायफ्रेन्ड जिन्स, चंकी निटवेयर, काउब्वाय लुक आदिसित सुहाउँदो देखिएको शियरिङ ज्याकेट पनि खुबै प्रचलनमा आयो ।

गएको जाडोमा उलन स्कर्ट विशेषत:  काफ लेन्थ र निलेन्थ खुबै रुचाइए । यसैगरी प्रिन्टेड लेगिङ, जेगिङ, उलनका कुर्ती, नी लेन्थ एवं काल्फ लेन्थका वन् पीसहरू, उलन लेगिङ आदि पनि प्रशस्तै बिक्री भए । जाडोका सदाबहार फेसन एक्सेसरिजका रूपमा स्कार्फ, पन्जा, मफ्लर, टोपी, क्याप तथा ह्याटहरू लोकप्रिय रहे । उलन वनपिस सित स्टकिङ, लेगिङ, काल्फ लेन्थ बुट र मफलरको जोडा मिलाएर लगाउने स्टाइल पनि हिट रहेको पाइयो ।

जाडोको फेसनमा ब्ल्याक टाइट्स, लेदर स्किनी पाइन्ट, एउटै रंग वा प्रिन्टको जम्प सूट, साधारण भन्दा लामो खालको ट्युनिक, भुवादार वा फक्सको स्टोल, कालो रंगको टर्टल नेक ओवरकोट, लामो खालको ट्रेन्च कोट, रफल्ड ड्रेस, कफ्ड जीन्स, सिगरेट ट्राउजर, हाइनेक, जम्पर, आउटर आदि पनि प्रचलनमा रहे । पुरुष पहिरनमा भने सफारी ज्याकेट, चहकिलो रंगका स्वेटर्स, ट्रेन्च कोट, ज्याकेट कम कोट, शार्प ट्राउजर्स, हुडेड ज्याकेट तथा सर्टको स्टाइल बढी प्रयोगमा आयो ।

गत वर्षको फेसन ट्रेन्ड अन्तर्गत विन्टर आउटरतर्फ ओभरकोटको प्रभाव बढी देखियो । जसमा ब्लाङ्केट कोट हिट सावित भयो । यी ओभरकोटलाई वुल ड्रेस, स्लिक जम्पसुट, टेलर्ड शोट्स र थाई हाई बुट, सिल्क ब्लाउज, वाइड लेग पाइन्टसित जोडा मिलाएर लगाउने शैली लोकप्रिय रह्यो । यसैगरी ट्रेन्चकोट, केप कोट, ओभरसाइज्ड कोट, पेस्टल क्रोम्बी, र्‍याप कोट विन्टर आउटर वेयरका रूपमा हिट रहे । 

वर्ष-२०७१ को वैवाहिक पहिरनमा लेहङ्गा दुलहीको रोजाइमा रह्यो, जसमा जर्जेट, नेट, क्रेभ, टिस्यु, प्रिन्टेट जर्जेट, साटन, सिफन, ब्रोकेट नेट तथा सिमर लेहङ्गाहरू बढी प्रचलनमा रहे । रंगमा भने रातो, मरुन र गुलाफीले प्रधानता पायो । ब्राइडल साडीको आकर्षण पनि उस्तै रह्यो, जसमा सिफन, जर्जेट, फ्रेन्च नेट, जापनिज सिफन, सिन्थेटिक, क्रेभ तथा सिमरका साडी बढी प्रयोगमा देखिए । डिजाइनर साडी र ब्लाउजको जोडा रुचाउनेहरूको संख्या पनि उस्तै रह्यो । डिजाइनर ब्लाउजमा विवाहका लागि फुल बाहुला भएको, अगाडि र पछाडि कम खुलेको ब्लाउज फेसनमा रह्यो । विशेष गरी जर्जेट, नेट, ब्रोकेट, साटन तथा लाइक्राबाट तयार भएका ब्लाउजको चलन बढी देखियो । विवाहको मौसममा कुर्ता सुरुवालको माग पनि राम्रैै रह्यो । सिफन, नेट, पेपरसिल्क, जर्जेट, सिल्क तथा कटनका कुर्ताको माग बढी भयो भने अनारकलीको क्रेज पनि उत्तिकै थियो । 

__ रोजिन शाक्य-साप्ताहिक :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com