विराटनगर चैत्र २०,
ओखलढुङ्गामा बिहीबार अपराह्न फरक फरक ठाउँमा चट्याङ पर्दा दुई महिलाको मृत्यु भएको छ । रगनी गाविस–६ बस्ने ४५ वर्षीया नीरकुमारी बेढा र बिलन्टु गाविस–६ बस्ने १५ वर्षीया कण्डी शेर्पाको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । उनीहरु आआफ्नै घरमा बसिरहेका थिए । रासस :