एनआरएनए अफ्रिकाले भुकम्प पिडितलाई १५ लाख सहयोग जुटायो

बैशाख १४ ,वाशिंगटन डिसी

विजय थापा : एनआरएनएका अफ्रिका स्थित शाखाहरुले नेपालका भुकम्प पिडित स्वजनहरुका लागि आपतकालीन सहयोग संकलन शुरु गरेका छन्  । 
    
उक्त जानकारी एनआरएनए अफ्रीकाका क्षेत्रिय संयोजक हिक्मत थापाका अनुसार आजसम्म एनआरएनए नाइजेरिया ले  ६ लाख ,एनआरएनए केन्याले ५ लाख , एनआरएनए तान्जानिया ले ४ लाख रुपैया सहयोग संकलन गरि सकेका छन्  । 

यसका साथै जाम्बिया , युगान्डा र अन्य शाखा हरुले पनि सहयोग संकलन प्रारम्भ गरेको समाचार प्राप्त भएको छ  । 

​अछाम घर भएका ​एनआरएनए अफ्रीका क्षेत्रिय संयोजक हिक्मत थापा ०४५ सालमा धरानमा गएको भुकम्पमा ज्यान जोगाउन सफल भएका थिए भने उनि त्यस समय धरान हात्तिसार स्थितमा खाध्य प्रविधिमा अध्ययनरत थिए  । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com