बिष्णु बिक्रम निरौला : ईजराईलमा पहिलो पटक हुन गईरहेको लोक दोहोरी साँझ साङ्गीतिक कार्यक्रमको निम्ति ईजराईलबासी नेपालीहरुलाई आयोजकको तर्फबाट चुल्हे निम्तो दिदै सूर्य बस्याल ले कार्यक्रमको बारेमा पूर्व जानकारी दिनुभएको छ ।
जुन १९ शुक्रबारको दिन साँझ ७ बजेबाट शुरु हुने लोक दोहोरी साँझ साङ्गीतिक कार्यक्रममा नेपालका सुप्रसिद्द लोक गायक खुमन अधिकारी, देवी घर्तीका साथमा नेपाली तारा-३ प्रताप लामाको उपस्थिती रहने जानकारी गराउनु भएको छ ।
श्री जनज्वती प्रा.वि. त्रिपुरेश्वर २ सुकौरा, धादिङ को विधालय भवन निर्माण सहयोगार्थ सन्चालन गर्न लागीएको ऊक्त कार्यक्रममा ईजरायलमा रहनु भएका अधिकांस नेपालीहरुको उपस्थिती रहने अनुमान गरिएको छ ।
कार्यक्रम सन्चालन हुने स्थान अहिले नै नतोकिएको र सम्भवत् २-४ दिन भित्रै आयोजकद्वारा निर्णय गरिने योजना रहेको जानकारी पनि दिनु भएको छ ।
उक्त लोक दोहोरी साँझ ईजरायल लगायत देशविदेशमा रहनुहुने सहयोगी मनहरु द्वारा संचालीत सहयोगी मनहरुको सामाजिक संस्था,” सोसायटी अफ हेल्पीङ हार्टस्” (society of helping heart’s) द्वारा ईजराईलमा आयोजना गर्न लागीएको हो ।
ईजरायलमा रहनु भएका नेपालीहरुको उपस्थिती जनाइ सहयोगी मनहरुलाई थप जोस,जाँगर बढाई प्रोत्साहीत गर्न यहाँहरुले अहम भुमीका निर्बाह गर्नुहुने छ भन्ने अपेक्षाको साथमा, सन्चालन हुन गइ रहेको कार्यक्रमले भब्य सफलता पाओस – अग्रीम शुभकामना ।।।