विजय थापा : अमेरिकाको डिसी महानगर क्षेत्रको बाल्टिमोरमा अमेरिकामा नयाँ बर्ष धमाका लिएर आएका कलाकारहरुको स्वगार्थ भेटघाट कार्यक्रम भब्यताको साथ सम्पन्न गरिएको छ ।
उक्त कार्यक्रममा डिसी महानगर क्षेत्रका विभिन्न संघ तथा संस्थाका प्रतिनिधि ,संचार कर्मी ,समाज सेवी र विभिन्न पेसामा संलग्न भएका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित समाजका बिभिन्न बिशिष्ट व्यक्तित्वहरुले कलाकारहरुलाई हौसला प्रदान गर्दै सहयोग गर्ने बचन दिएका थिए । कलाकारहरुले पनि हामी अमेरिकामा आएका छौ भन्दै नेपाली समुदायबाट पक्कै पनि असिम माया र सद्भाव पाउने आशाबादी लिएका छौ भन्दै सबैलाई धन्यबाद दिएका थिए ।
उक्त भेटघाट कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकारहरु सिताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’, पशुपति शर्मा, प्रमोद खरेल ,संगिता थापा तथा २०७२ नया बर्ष धमाका कार्यक्रमका संयोजक बुद्धि प्रसाद रेग्मीको उपस्थिति रहेको थियो । कार्यक्रम बिहान १०:३० बजे राखिएको थियो भने स्वागत तथा भेटघाट पश्च्यात दिवा भोजनको व्यवस्था मिलाईएको थियो ।
२०७२ नया बर्ष धमाका लिएर अमेरिका आएका प्रख्यात कलाकारहरूको अनुरोध -भिडियो