सिंचाईका लागि जुटपानीमा डिप बोरिङ

रत्ननगर,चितवन १७ ,

शिशिर सिंखडा : बैशाख सिंचाई र खानेपानी आपूर्तिको लागि पूर्वी चितवनको जुटपानीमा डिप बोरिङ निर्माणको काम सुरु गरिएको छ । चितवन क्षेत्र नं.२ का सभासद शेषनाथ अधिकारीले शिलान्यास गरेपछि आजैवाट निर्माणको काम सूरु भएको हो ।

ग्रिनल्याण्ड सिचाई उपभोक्ता समिति जुटपानी–३ गैडेखोलामा २० लाखको लागतमा डिप बोरिङ निर्माण सुरु गरिएको समितिका अध्यक्ष शेरबहादुर खड्काले जानकारी दिनुभयो । सो डिप बोरिङवाट ६० विगाहा जग्गामा सिंचाई गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

सभासद अधिकारीले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगतको १६ लाख ६६ हजार रुपैया र स्थानीयको ४ लाखको लगायतमा वोरिङ सम्पन्न गरिने समितिका उपाध्यक्ष वलबहादुर सिंजालीले जानकारी दिनुभयो । कार्यक्रममा नेपाली काँग्रेस जुटपानीका सभापति कृष्णबहादुर घिमिरे,वेलपत्र जल उपभोक्ता संस्थाका रामबावु घिमिरे लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com