किराँत याक्थुङ चुम्लुङ इजरायलको दोस्रो बार्षिकोत्सव सम्पन्न

तेल अभिव (इज़रायल) बैशाख १०,

नयन लिम्बु : मिती २०७२ बैशाख ०५ गते तदनुसार १८ अप्रिल २०१५ शनिबारको दिन किरांत याक्थुङ चुम्लुङ इजरायलको दोस्रो बार्षिकोत्सव सम्पन्न भएकोछ। 

संस्थाको अध्यक्ष श्री प्रताप मादेन ज्युको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि इजरायलका लागी नेपाली महामहिम राजदुत श्री प्रह्लाद कुमार प्रसाई ज्यु लगायत राजदुतवास  परिवारका अन्य सदस्यहरुको उपस्थिति थियो त्यसै गरि बिशेष अतिथिमा नेपाल आदिवासी जनजाति महासंघ इजरायलका अध्यक्ष श्री सुन्दरसिङ लामा तामाङ हुनुहुन्थ्यो भने विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि ज्युहरुको पनि सहभागिता थियो।

राष्ट्रिय गान पश्चात सभापति ज्यु र महामहिम राजदुत ज्युको संयुक्त द्विप प्रज्वलन बाट उद्घाटन भएको कार्यक्रममा संस्थाका महासचिव श्री जीवन थक्लुङ ज्युले  कार्यक्रम संचालनका साथै बार्षिक प्रतिबेदन पेश गर्नु भएको थियो र   साधारण सभाबाट चयन भएका नया कार्य समितिलाई सभापति श्री प्रताप मादेन ज्युले सफत ग्रहण गराई औपचारिक रुपमा जिम्मेवारी सुम्पन्दै शुभकामान ब्यक्त गर्नु भएको थियो, नया कार्य समितिका सदस्यहरु . . . 
संरक्षक तथा संस्थापक - प्रताप मादेन
बरिष्ठ सल्लाहकारः– कृष्णकला वनेम
सल्लाहकारः- लक्षु थेबे /सल्लाहकारः- दिपा लिवाङ /सल्लाहकारः- निर्मला लिङदेन /सल्लाहकारः- दिल चोङबाङ अध्यक्ष :- नयन इम्सङ प्रथम उपाध्क्षयः– तारा लावती /चन्द्र कुमार आङदेम्बे /बिष्णु इवा
महासचिवः– सागर तुम्बापो /सचिवः– रोहिता लिङदेन /कोषाध्यक्षः– टेक माया वनेम
अर्थसचिवः– आइन्द्र योङया सचेतकः–आशा लिम्बू राई /अम्मेबर सावा 
सदस्यहरुः– १, मैना देवी नेम्बाङ २, सन्तोष लिवाङ ३, माया मादेन ४, कमला कन्दङवा सम्बाम्फे % कन्चन काङबा ६, उदय इधिङगो ७, बिष्णु माया खोबाङ ८, दिलु लिम्बू ९, लुना सुब्बा १०, पुरन लिम्बु  ११, दिलु साम्सोङ साधरण सभाबाट मनाेनित भएका हुन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com