नुवाकोटमा मर्नेको संख्या ६ सय ३८

राहत वितरण र उपचारको थालनी भूटानी चिकित्सक तथा उद्धार टोली सक्रिय ;

नुवाकोट, बैशाख १६, 

रामहरि गजुरेल : नुवाकोटमा भुकम्पबाट मृत्यु हुनेको सख्या ६ सय ३८ पुगेको छ । स्थानीय प्रशासनका अनुसार घाइतेको संख्या १ हजार भन्दा बढी रहेको छ । अन्य जिल्लाहरु मध्ये मुख्यगरी नुवाकोट भूकम्पको प्रभाव अत्याधिक रहेका कारण ठूलो मात्रामा जनधनको क्षति हुन पुगेको हो । 

जिल्लाका घर तथा भौतिक संरचनामध्ये ९५ प्रतिशत भूकम्पले नष्ट भएका छन् । ग्रामिण क्षेत्रहरुमा अझैँसम्म उद्धारको कार्य नसकिदा पुरिएका शवहरु धेरै भएको हुनसक्ने र मृतकहरुको संख्या अझैँ बढ्ने अनुमान गरिएको छ । मंगलबारसम्म स्थानीय प्रशासन घाइतेको उद्धार र मृतकको व्यवस्थापनमा जुटिरहेको छ । गाउँगाउँमा घाइतेहरुको उद्धार गर्न र पीडितलाई राहत बाड्न मंगलवाट थालनी भएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । 
तरपनि सरकारले कुनै चासो नदिएको आरोप भूकम्प पिडितहरुबाट आइरहेको छ । अधिकाँश खुला आकाशमुनी रात बिताइरहेका पीडित परिवारले बजारमा रहेको पाल मात्र किन्ने वातावरण बनाइदिए पनि सहज हुने भनिरहेका छन् । तर, स्थानीय प्रशासन, रेडक्रस लगायतले पाल र राहत सामग्री तथा रकम वितरण गरिएको जनाएको छ । 

प्रजिअ निरौलाका अनुसार राहत रकम ४ करोड र ४ सय थाल पाल प्राभावित क्षेत्रहरुमा पठाइएको छ । तरपनि राहत अपुग हुने र भूकम्पबाट पिडितहरुलाई जिल्लाभर वितरण गर्न थप ३७ करोड लाग्ने उनले बताए । हेलिकप्टरबाट घाइतेहरुको उद्धार गरी सदरमुकाम र काठमाण्डौं पु¥याउने कार्य जारी रहेको छ । 

१९९० पछि ८२ वर्षमा आएको भुकम्पवाट आफन्त र परिवार गुमाउने व्यक्ती देखी सवै जना भुकम्पको त्रासदी वाट सामान्य अवस्थामा फर्कन सकेका छैनन् । दैनिक आइरहेको धक्काका कारण त्रासमाथी त्रास थपिएको छ । सोमवार विहान वाट भारतिय वायु सेवाको एक र अन्य दुई गरि तिनओटा हेलिकप्टरले घाईते हरुको उपचारका लागी सदरमुकाम ल्याउन सुरु गरेको छ भने जिल्लामा उपचार असम्भव रहेका गम्भिर बिरामीका लागि काठमाण्डौं पु¥याउन थालेको छ । 
भुकम्प वाट अस्पताल क्षतिग्रस्त भएपछि प्रशासनले वट्टारमा रहेको वसपार्कलाई अस्पतालको रुपमा परिणत गरि घाइतेहरुको उपचार सुरु गर्न लाग्दा अस्पताल क्षेत्र वरपरका वासीन्दाले विरोध जनाउदै विरामी र उपकरण 
उठाउन नदिएपछि समस्या भएको छ । मंगलवारबाट भने भूटानी चिकित्सक र उद्धार टोलीले घाइतेहरुको उपचारमा थप सहयोग पु¥याएको छ । 

भूटानी डा. तोब्ग्याल वाङचुकको नेतृत्वमा रहेको ६२ जनाको टोलीले उपचार र विरामीहरुको व्यवस्थापनको कार्य गरिरहेको छ । त्यसका लागि सम्पूर्ण बन्दोवस्तीका सामग्ी र औषधीहरु, खाद्यान्य, टेन्ट लगायत भूटानबाटै ल्याएको हो । जिल्ला अस्पतालको भवन भत्किएपछि खुला चौरमै उपचार भइरहेको छ । 

बसपार्कमा रहेको १२ कोठे भूइतले भवन खाली रहेको र त्यसलाई अस्थायी अस्पतालको रुपमा सञ्चालन गर्न  स्थानीय प्रशासनको प्रयास स्थानीयवासीको अबरोधले सफल नभएपछि घाइतको उपचारमा समस्या आउने अवस्था भएपनि भूटानी चिकित्सक र उद्धार टोली आएपछि सहज भएको डा. मधुकर दाहालले बताए । 
भुकम्पवाट भएको मानविय र भौतिक क्षतीको स्थानीय स्तरमा लगत संकलन सुरु भएको छ । भुकम्पवाट अतिप्रभावित जिल्लाको क्षती विविरण संकलनका लागी एक साता लाग्ने अनुमान गरिएको छ । नुवाकोटको दुर्गम गाविसहरु भाल्चे, साल्मे, किम्ताङ, फिकुरी, ध्याङफेदी, वेतिनी, सिक्रे, तलाखु, गाउखर्क लगायतका गाविसमा वढि क्षती पुगेको छ । 

जिल्ला प्रशासन कार्यालय पूर्ण रुपमा क्षतिग्रस्त छ भने अन्य सरकारी कार्यालय र विद्यालयहरु भत्किएका छन् । पासाङ ल्हामु वस व्यवसायी समितीले व्यवसायीलाई सडक अवरुद्ध भएको भन्दै यातायात नचलाउन निर्देश दिएपछि व्यवसायीहरु आफैले दुई सय 

पचास रुपैयाको भाडामा पाच सय लिई यातायात सञ्चालन गरिरहेका छन् । तर, नुवाकोट आउनको लागि पृथ्वी राजमार्गको गल्छी हुदै आउनको लागि कुनै अवरोध भएको छैन । सदरमुकाम क्षेत्रमा विजुली र पानीको अभाव भएको छ । ग्रामीण भेगमा पनि विजुली र पानीको समस्या भएको पीडितहरुले बताएका छन् । 
राहतको माग्दै नाराबाजी भुकम्प आएको चारदिन वित्दा पनि पीडितहरुलाई राहत वितरण गर्न नसकेपछि जिलिङ गाविस र विदुर नगरपालिकाका भूकम्पपीडितले जिल्ला प्रशासन कार्यालयमा राहतको माग गर्दै सोमबार नाराबाजी छन् । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी विरुद्ध नारावाजी गर्दै  कालावजारी वढेको, व्यवसायीले वजार नखोल्दा उपभोक्ताले दैनिक उपभोग्य सामाग्री सहज रुपमा प्राप्त गर्न नसकेको भन्दै प्रशासन विरुद्ध नारावाजी गरेका ह’न् ।  
‘हामीले राहत मागेको होइन । स्थानीयले प्रशासनले पसल खुलाइदिओस् । प्रचलित मुल्यमा किन्न पाइयोस्। त्यति नै हाम्रो लागि राहत हुने थियो’ आन्दोलनमा आएका भूकम्प पडित चोकराज पुडासैनीले भने ‘एक हजार पर्ने पाललाई पच्चीस सय तिर्न परेको छ । के हेर्छ यो प्रशासन ?’रसुवामा ३ सय ५० को मृत्यु यसैगरी, रसुवा जिल्लामा भूकम्पबाट मर्नेहरुको संख्या ३ सय ५० रहेको स्थानिय प्रशासनले जनाएको छ । 

जिल्लाको दुर्गम गाविसमा मृत्यु हुनेहरुको संख्या अत्याधिक रहेको र अझै बढी मृतकहरु रहेको हुनसक्ने हुँदा यकिन तथ्यांक आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद भट्टराइले बताए । पर्यटकिय जिल्ला भएका कारण कयौँ विदेशी नागरिकहरुको समेत भूकम्पबाट मृत्यु भएको बताइएको छ । आइतवारको थप दोस्रो ठूलो भूकम्प जाँदा हिमपहिरोले लाङटाङ क्षेत्रमा करिब एकसय पर्यटकहरु पुरिएको अनुमान छ ।



 तस्वीरहरुः रामहरि गजुरेल÷नुवाकोट

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com