बार्षिक परीक्षफल प्रकाशीत

चितवन चैत ३०

 शिशिर सिम्खडा : पूर्वि चितवनको सिद्धिविनायक आवासिय मा.वि जुटपानी ६ खोलेसिमलले आज विद्यालयका विद्यार्थीहरुको बार्षिक परीक्षाफल प्रकाशित गरेको छ । विद्यालयमा अध्यनरत नर्सरीदेखि ९ कक्षासम्मका कुल ९ सय १७ जना मध्य ९८ प्रतिशत विद्यार्थी उत्तिण भएको विद्यालयका प्राचार्य विष्णुमणी लामिछानेले जानकारी दिनुभयो ।

परिक्षामा प्रथम,द्धितिय,तृतिय र चौ थो स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई आज नै पुरस्कार र प्रमाण पत्र समेत वितरण गरिएको थियो । प्रथम,द्धितिय,तृतिय हुने विद्यार्थीहरु लाई क्रमश मासिक ६ महिना,४ महिना र २ महिनाको छात्रवृत्ति दिइने प्राचार्य लामिछानेले बताउनुभयो ।साथै आईतबार भएको कक्षा ८ को जिल्ला स्तरिय परिक्षामा विद्यालयका १२ जना विद्यार्थी विशिष्ट श्रेणी सहित शत प्रतिशत विद्यार्थी उत्तिण भएको प्राचार्य लामिछानेले जानकारी दिनुभयो ।

विद्यालयको परिक्षाफल प्रकाशन एवम पुरस्कार वितर ण कार्यक्रममा शिक्षक अभिभावक संघ चितवनका कोषध्यक्ष कृष्णकुमार श्रेष्ठ,विद्यालयका डाईरेक्टर लिला बहादुर गुरुब,शिक्षक वलराम पौ डेल,शिक्षक नवराज बन्जारा लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम विद्यालयका प्राचार्य विष्णमणी लामिछानेको अध्यक्षतामा भएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com