बालिका बलात्कारको अभियोगमा नविन पक्राउ

झापा, ४ वैशाख,

बालिका बलात्कारको अभियोगमा झापाको विर्तामोड–७ का नविन चुडाललाई इलाका प्रहरी कार्यालय विर्तामोडले नियन्त्रणमा लिएको छ । चुडालले इलामको इभाङ–९ मा घर भई विर्तामोडस्थित काकीको कोठामा पाहुना आएकी नौ बर्षीया बालिकालाई बलत्कार गरेको उजुरीको आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

घटना अनुसार घरको नजिकै च्याउ फाराममा च्याउ हेर्न गएकी बालिकालाई चुडालले हिजो ५ बजे बलात्कार गरेका थिए । घटनालगत्तै बालिका चिच्याउँदै कोठामा पुगेपछि उनको काकीले सोधपुछ गर्दा बलात्कार गरेको सार्वजनिक भएको थियो । घटना बुझेपछि बालिकासहित इलाका प्रहरी कार्यालय विर्तामोड पुगेकी उनकी काकीले उजुरी गरेपछि प्रहरीले चुडाललाई नियन्त्रणमा लिएको जनाएको छ । 

बालिकाको स्वास्थ्य परीक्षणका लागि सोही दिन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याएको थियो । स्वास्थ्य परीक्षण भएपनि रिपोर्ट आइ नसकेकोले बलात्कार हो वा होईन भन्न नसकिने इलाका प्रहरी कार्यालयका डिएसपी सञ्जय राउतले बताए । ४ वजे उनलाई कोठामै छोडेर किनमेल गर्न विर्ताबजार गएको बेलामा ती बालिका बलात्कारको सिकार बनेकी थिईन् । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com