रत्ननगर १० बैशाख,
होमनाथ सापकोटा : गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई गैरआवासीय नेपाली
संघ कतारका सल्लाहाकार आरके शर्मा र नायिक रेखा थापाले
सहयोग गरेको चामल र तेल आज हस्तान्तरण गरिएको छ ।
केहि
दिन अधि केन्द्रमै पुगेर सल्लाहाकार शर्माले २१ क्वीन्टर
चामल र नायिक थापाले २०० लिटर तेल सहयोग गर्ने घोषणा
गर्नुभएको थियो । कंचनजंगा बहुउदेश्यीय सहकारी संस्था
भरतपुरका सचिव विजय कुमार शर्मा र व्यवस्थापक राजन पौडेल
केन्द्रमै पुगेर चेपाङ वालवालिकालाई सो सामाग्री हस्तान्तरण
गर्नुभएको थियो ।
यसैविच गामवेसीको चपाङ संरक्षण केन्द्रले
विद्यालयहरु संग सहकार्य गरेर तीनवट शाखा सञ्चालन गर्ने तयारी
गरेको छ । राप्रावि घेघौली शाखा,ओमशान्ति राप्रावि शाखा र
राप्रवि मैनाहा शाख सञ्चालन गर्ने तयारी अन्तिम चरणका पुगेको
केन्द्रका अध्यक्ष शर्माले बताउनुभयो । प्रत्येक केन्द्रमा
४०÷४० जना विपन्न चेपाङ विद्यार्थीलाई आवासीय सुविधा सहित
अध्ययन गराईने उहाँले जानकारी दिनुभयो ।
रत्ननगर–१०
मंगलपुरमा रहेको चेपाङ संरक्षण केन्द्रमा ८२ जना चेपाङ
वालवालिका आश्रित छन । केन्द्रले तीन शाखा र मुख्य केन्द्रमा
गरी २३२ जना चेपाङ वालवालिकालाई आवासीय सुविधा सहित
अध्ययन गराउने अध्यक्ष शर्माले बताउनुभयो ।