पूर्वसभासद्को राहदानी दुरुपयोग गर्ने महिला पक्राउ

काठमाडौँ, २८ चैत ,

पूर्वसभासद् गायत्री साहको कूटनीतिक राहदानी दुरुपयोग गरी आवुधावीबाट फर्केर फरार रहेकी सीता भन्ने लीला छन्त्याललाई आज महानगरीय प्रहरी परिसर हनुमानढोकाले पक्राउ गरेको छ ।

पूर्वसभासद् साहको ०१९८२७ नम्बरको कूटनीतिक राहदानीमा आफ्नो फोटो टाँसी अष्ट्रेलिया जाने क्रममा आवुधावी पुगेकी उनलाई त्यहीँबाट फर्काइएको थियो । फरार म्याग्दी मल्कावाङ्–५ की ३२ वर्षीया छन्त्याललाई काठमाडौँ महानगरपालिका–२७ बाट प्रहरीले पक्राउ गरेको हो । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com