विभिन्न कृषि पेसा गरिरहेका ५१ वटा कृषकलाई अनुदान दिइने

पथरी (मोरङ), चैत २९ गते,

जिल्ला कृषि विकास कार्यालय मोरङले विभिन्न कृषि पेसा गरिरहेका जिल्लाका ५१ कृषकलाई ४३ लाख ५० हजार कृषि अनुदान दिने भएको छ ।

जिल्ला कृषि विकास कार्यालय मोरङका कृषि प्रसार अधिकृत सत्यदेव मण्डलले अनुदानका लागि आवेदन दिएकामध्ये छनोटमा परेका ५१ वटा कृषकलाई अनुदान दिने जानकारी दिनुभयो । छनोटमा परेका ५१ जनालाई एक किस्ता रकम दिइसकेको छ ।

बाँकी अर्काे किस्ता रकम थप दिइने अधिकृत मण्डलको भनाइ छ । त्यस्तै कृषि विकास कार्यालय मोरङले दुईवटा कृषि सहकारी संस्थालाई हाते ट्र्याक्टर दिने भएको छ । अगुवा कृषि सहकारी संस्था डङ्ग्राहालाई फलफूल तथा तरकारी उत्पादन सहकारी संस्थालाई हाते ट्र्याक्टर दिइने भएको अधिकृत मण्डलले जानकारी दिनुभयो ।

जिल्ला कृषि विकास कार्यालय मोरङले फर्म दर्ता गरेर व्यावसायिक रुपमा कुनै पनि तरकारीखेती गर्ने जिल्लाका उत्कृष्ट ६० कृषकलाई अनुदान दिँदै आएको छ । गत वर्ष ४५ जना कृषकलाई अनुदान दिएको जिल्ला कृषि विकास कार्यालय मोरङका प्रमुख राजेन्द्र उप्रेती बताउनुहुन्छ । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com