लघुकथा '' नियति ''

पश्चिम क्षितिजमा पाकेको सुन्तला जस्तै पहेलिएको सूर्य कति सुन्दर, अलौकिक दृश्य ... नियाल्दै म....
. . . घाँसको कस्सिलो भारी लिएर घर मुनिको काँल्ला उक्लदैथे मलाइ देख्न साथ् मेरो सानो छोरा चिच्याउन थाल्यो र रुन पनि । घाँसको भारी ठाँटीको अढयाउनेमा बिसाउदै सोधे के भयो छोरा ? किन यसरी रोएको तिमी ?

मेरो चप्पलको फित्ता चुट्टियो  र साथीहरु सँग खेल्न पाइन . . .। छिटो टाली दिनु न आमा .. . . हुँ हुँ हुँ . . . गर्दै दंग्यउदै फेरी रुन थाल्यो । मेरा थकानका सारा तापक्रम सर्लक्क सून्य डिग्रीमा झर्यो । अँगालोमा बेर्दै गालामा म्वाई खाएँ र फकाएं छोरोलाई अनि  आस्वस्सन दिएँ तुरुन्त उनको चुट्टिएको चप्पल गाँस्ने ।

उ खुशी हुँदै गीत गाउँदै नाच्न थाल्यो । घाँसको भन्दा जीवनको भारीले थकित म (हाम्रो स्थिति चित्रण गर्ने) उस्को अधर्नो चुट्टिएको चप्पल टुकीमा गाँसेर दिए , उ तुरुन्त असीम हर्षले उफ्रंदै उस्को साथीहरु सित मिसिन पुग्यो । कस्तो स्वर्णिम पल, निर्दोष सबै सबै .. . ।
चिसो पसिना पुछ्दै, , , 

उ गएको हेरिरहे ... मनमनै सोचे नियतिले खोसीलगेको जीवनको आधापाटो खुशी पनि तिम्रो चुट्टिएको चप्पलको फिता जस्तै गाँस्न मिल्ने भए तिम्रो बाबा पनि हामी सितै हुनेथे यतिखेर . . .  . ।

  यासिन राई 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com