कथा - आफ्नै धड्कन नछाम्दा

"कस्तो लाछी पानी मरुवा बुढो पाईछु नि दैब, केही गर्ने हुती छैन, आँट छैन साहास छैन छि! यस्तो नामर्दले किन बिहे गरेको होला मलाई, घर परिवारको सानो सानो ईच्छा पनि पुरा गर्न नसक्ने"। पार्बती एकोहोरो सरापी रहन्छिन, मोहनले पार्वतीको सबै कुरा सुनिरहेको हुन्छ, श्रीमतिले भनेका कुराहरुलाई उस्ले सुने नसुने झै गर्छ । 

आखिर उस्ले कोशीस नगरेको पनि त हैन, ग्राजुएट सम्मको अध्ययन सकेको मोहनले जागिर खानको लागि के मात्र गरेन, कहाँ मात्र गएन र । बिना भन्सुन र बिना घुस आफ्नै योग्यता र खुबीले जागिर खानुपर्छ भन्ने मान्यता राख्छ उ । पार्वतीको एकोहोरो टोकसोले मोहन गहिरो चिन्तनमा पुग्छ, न त कसैको आशा न भरोशा आखिर आफ्नो लागि आँफैले मेहेनत गर्नुपर्छ, आफुले केही गर्न सके भोली सन्ततिको लागि पनि त राम्रो हुन्छ नि तर खै के गरी पैसा कमाउने यस्तै यस्तै गहिरो चिन्तनमा डुब्दै गर्दा सल्काएको चुरोट सकिएर हातमा च्वास्स पोलेपछी मोहन झसँग हुन्छ ।

बिना सोच बिचार एक्कासी मोहन बिदेश जाने निश्कर्षमा पुग्छ। श्रीमान श्रीमती भनेको एक रथको दुई पाङ्रा हुन, आपसी सम्झदारीमा मात्र कुनै निर्णयलाई कार्यन्वयन गरिनु पर्छ भन्ने मान्यता राख्ने मोहन आफुले बिदेश जाने निर्णय गरेको कुरा पार्वतीलाई सुनाउछ । पार्वती मलिन हुँदै भन्छिन हजुरको सोच बिचार पनि राम्रै हो, के गर्ने आफ्नो देशमा कुनै रोजगरीको अबसर छैन, यती धेरै पढेर पनि नताबाद कृपाबादले गर्दा सर्टिफिकेट पनि मकैको खोस्टा सरह भयो, ठिकै छ जानु तर बिदेश जानलाई पनि त पैसा चाहियो यतिका धेरै पैसा कहाबाट उपलब्ध होला त ? हुन त भगवानले तँ आँट म पुर्याउछु भन्छन केही उपाए लाग्ला नि त ।

"ए सुन त पार्वती म आज खान खान आउदिन भरे साँझमा मात्र आउछु मलाई खाना कुरेर बस्नु पर्दैन" भन्दै मोहन बहिरिन्छ । कहाँ जाने के गर्ने को सँग हात फैलाउने यतिका धेरै पैसा कसरी उपलब्ध होला खै ? यस्तै यस्तै कुराहरु सोच्दै उ उदेश्य बिहिन यात्रु झै आफ्ना लरबरिएका पाईलाहरुलाई घिसार्दै अगाढी बढाइरहन्छ । आफ्न ईष्टमित्र आफन्त सँग हात फैलाउनु पर्‍यो न कसैले मेरो पिडा बुझ्छन कि त, तर अह! म कसैका सामु हात फैलाउदिन, आफ्नै खुट्टामा उभिनु पर्छ, फेरी मेरो यती धेरै पढाईको पनि त खिल्ली उडाउलान नि आफन्तले नै, तर नजिकको तिर्थ किन हेला गर्नु ? यस्तै यस्तै सोचाइमा डुब्दै मोहन शहरमा भएका आफ्न काकाको मा जान्छ । मनभरी आशा बोकेर उज्यालो भबिश्यको खातिर मोहन आफ्ना भएभरको समस्याहरु काकाको सामु ओकल्न थाल्छ । तर धनले मात्तिएका मोहनका काकाले मोहनको उल्टै खिल्ली उडाउछन, निराशा बोक्दै मोहन फर्किन्छ, यो दुनियाँ यस्तै छ, छन गेडी सबै मेरी छैनन गेडी सबै टेडी,

खै अब कस्को मा जाउ कसलाई मेरो ब्यथा सुनाउ ? यो दुनियाँ सबै स्वार्थी रहेछ आखिर मैले सित्तैमा त मागेको थीइन नि, समय भित्र तिरिहाल्थे, कस्तो ढुङो जस्तो मन भएका मान्छेहरु, हैन यिनिहरुको मुटु नै छैन कि क्या हो? यस्तै कुरा मनमा खेलाउदै मोहन फेरी आफ्ना मामाकोमा हात फैलाउन पुग्छ तर त्याहा पनि उही निराशा हात लाग्छ । हैन यि आफन्तहरु मलाई कहिले काम लाग्लान खै ? एउटा जल्दा अर्कोलाई पिडा हुँदैन भने यस्ता पनि के आफन्त छि ! उ आफ्ना नाम मात्रका आफन्तलाई एकोहोरो सराप्छ ।

साँझ परीसकेको हुन्छ, मोहन लखतरान पर्दै घर फर्किन्छ । पार्वतीको मुहारमा देखिएको एउटा आशाको चमक मोहनको दिनभरिको कथा ब्यथाले निमेष भरमै बिलिन भएर जान्छ । दुई सजिब प्राणी एउटा झुप्रो घर अनी २ छोरा छोरी, एकाएक आफ्नै घर सुनसान महसुस हुन्छ ति दुबै लाई, हैन दैब पनि किन यसरी हाम्रै पछी लागेका होलान खै अब के गर्ने मैले त केही सोचनै सकेको छैन भन्दै मोहन आफ्ना २ छोरा छोरी सुतिरहेको ओछ्यानमा गएर लामो सास फेर्दै पल्टिन्छ । ति अबोध नानीहरुको मुहारमा सुम्सुमाउदै आफुलाई धिक्कार्दै भन्छ, म कस्तो बाउ मैले तिमीहरुको सानो ईक्ष्याहरु पनि पुरा गर्न सकिन, हो म हुतिहारा नै हुँ, म पापी हुँ, म बाउको नमको कलंक हुँ, यस्तै एकोहोरो आबेशमा आउँदै मोहन जोडले चिच्याउन थाल्छ । १० ठाउमा च्यातिएर जडेको छोराको भोटोले उसलाई गिज्याइरहन्छ । आँखा भरी आसुँ टल्पलाउन थाल्छ । हेर्नुहोस् गर्दा गर्दै नभएको हो, हजुरले हामीलाई खुशी नै दिनु भएको छ, हजुर सँग मेरो केही गुनासो छैन, के गर्ने दिन दशा लागे पछी यस्तै हो, आफुलाई सम्हाल्नु पर्छ, आँट साहास लिएर अगाडी बढ्नु पर्छ ।

ए सुन्नु त मेरो बिहेमा हजुरले दिनु भएको यो मंगलसुत्र र नौगेडी छ । यो लगेर बेच्दा पनि त केही पैसा आउछ नि, अहिले घरकै खर्च टार्न धौ धौ परेको छ, छोरीहरुको स्कुलको फि तिर्ने बेला पनि भयो, घरमा खाने अन्नको दाना छैन, अहिले यही गहना बेचेर घरको सामान्य खर्च चलाऊदै गर्नु, बिदेश जाँदा लाग्ने खर्चको केही जोहो होला नि त कती पिर चिन्ता लिनुहुन्छ । पार्वतीको कुराले झन मोहन टुक्रिन्छ, मैले बिहेमा किनिदिएको तिम्रो सौगात मेरै हातले कसरी छिनु? तिमीलाई जोडीदिएको सानो खुशी पनि म कसरी टुक्राउ ?? अह म बाट यस्तो काम हुँदैन, म ज्याला मजदुरी गर्छु बरु तर तिम्रो खुशी छिन्न चाहन्न । मोहनको कुराले पार्वतीको आँखा रसाएर आउछ । उनी जडेको पछेउरिले आँखामा बगेको कोशी गण्डकी पुछ्दै भन्छिन हजुरले आज खाना खानु भएको छैन थोरै खाना बचेँको छ म ल्याईदिन्छु खानु है ? । हैन मलाई भोक लागेको छैन भोली छोरीहरुलाई बिहानमा खाजा हुन्छ म खादीन भोक छैन भन्दै लामो सुस्केरा फाल्छ । यतिकैमा मोहन खुशी हुँदै भन्छ ए पार्वती यता सुन त म सँग एउटा उपाए छ, तर तिमीले के भन्छौ मेरो मनले तिमीलाई नसोधी कुनै काम गर्न मान्दैन, पार्वतीको मुहारमा एकाएक खुशीका रेखाहरु चम्किन थालछन,पार्बती हतासिदै भन्छिन, के उपाए हो भन्नु त, हेर आफुले जोड्न नसके पनि बाबुले दिएको पाखो बारी त छ नि यो बारी बैँकमा राखेर पैसा निकालौ त्यही पैसाले म बिदेश जान्छु बिस्तारै तिरिहालिन्छ नि, हुन्न र ?

थोरै आशा थोरै पिडा मिश्रित प्रश्नको झटारोलाई पार्वतीले स्विकार्दै भन्छिन, केही गरी आफुले सोचे जस्तो भएन भने त हाम्रो सडकको बास हुन्छ नि फेरी, तर हरेस खानु हुँदैन सबै राम्रै हुन्छ भगवान छन हाम्रो मर्मा बुझिदिने, ठिकै छ नि त त्यसै गरौ, आखिर हामी सँग कुनै अरु उपाए पनि त छैन नि । पार्वतीको कुराले मोहन खुशी हुँदै भन्छ ठीक छ म भोली नै गएर बैन्कको प्रकृया अगाडि बढाउछु । रात पनि ढल्किसकेछ अब सुतौ । तर के निन्द्रा लाग्थ्यो र दुबै जनाले अनिदोमै रात काटे ।

बिहान् सबेरै मोहन घर बाट निस्किन्छ, मन भारी छ आज उस्को, आफ्नो परिस्थितीले चिथोरेका घाउहरुमा मल्हम लगाउने उस्को यो निर्णयले उस्लाई नै घरी घरी गिज्याउदै छ । मनभरी कुरा खेलाउदै गरुङो मन बोक्दै मोहन बैंक पुग्छ, बुझाउनु पर्ने सम्पूर्ण कागजात बुझाए पछी बैंकले पैसा दिने जानकारी गरायो । मोहन खुशी हुँदै घर फर्कियो । आफु नहुँदा घर अनी आफ्ना लालाबाला र श्रीमतीको के दुर्दशा हुने हो यो कुराले भने उसलाई पिरोलिनै रहेको थियो । हेर पार्वती म महिना महिनामा पैसा पठाउछु तिमीले यताको बैंक रिन पनि तिर्दै गर्नु अनी घर खर्च पनि चलाऊदै गर्नु, मेरो अनुपास्थितिमा तिमीले आफुलाई धेरै सम्हालेर हिंड्नु पर्छ, गाउ यही हो समाज यही हो दसथरी कुरा काट्नेहरु छन हाम्रो समाजमा हुन त तिमीलाई मैले के सम्झाइ रहनु पर्छ र, आफ्नो लक्ष्य अनी बाटो नभुल्नु, एउटा आदर्श नारी भएर घर सम्हालेर बस, यस्तै यस्तै व्याबहारिक कुरा गर्दै मोहन पार्वतीलाई सम्झाउन थाल्छ ।

भोली त मोहनको उड्ने दिन, मन हुँडलिएर अमिलो भएको छ, आफ्नो परिवार सँग टाढा हुनु पर्ने चिन्ताले मोहनको अनुहारमा कुनै खुशीको चमक छैन, आफ्ना मुटुका टुक्रा २ छोरा छोरी र फुल जस्ती पार्वतीलाई चटक्कै छोडेर बिरानो मुलुकमा पसिना बगाउन जानुको पिडाले मोहन बेहोसी झै देखिन्थ्यो । रातभरी निन्द्रा लाग्दैन मोहनलाई, छोरीहरु पनि निदएका छैनन आज त, बाल मस्तिस्क आफ्नो बाबाको साथ छुट्ने भयले होला बाबाकै काखमा लुटुपुटु गर्दै छन । बाबा हजुर कहिले आउनुहुन्छ, धेरै समय नबस्नु है बाबा हामीलाई नियास्रो लाग्छ, आउँदा हामीलाई धेरै खेल्ने कुराहरु ल्याइदिनु है , ति अबोध नानीहरुको कुराले मोहनको मुटु चिरिएर आउछ। आँखाभरी आसुँ टल्पलाउन थाल्छ, पार्वती पनि सुक्क सुक्क गर्न थालछिन, सबैलाई सम्झाउदै करको हासो हाँस्दै मोहन छोरा छोरीलाई सम्झाउन थाल्छ, यस्तै मा रात बितेको पत्तै हुँदैन ।

बेलुकाको उडान भएको हुँदा त्यो दिन मोहन बिहान सबेरै घरबाट बिदा हुने तरखरमा हुन्छ । छोरा छोरी बाबा हामीलाई छोडेर नजाउनु भन्दै रुन थाल्छन् उता पार्बती पनि अचेत झै हुन्छिन, आसुँ को सागरले मोहनको बिदाइ केही बोझिलो हुन पुग्छ, त्यसो त मोहनलाई पनि त पिडा नभएको हैन तर के गरोस वाध्यत्मक कदम चाल्नै पर्ने थियो । लोलाएका हातहरु हल्लाउदै मोहन बिदा हुन्छ ।

दिन बिते महिना बिते बर्ष बिते तर मोहनको कुनै आत्तो पत्तो भएन, न कहिले खबर न कुनै टेलिफोन, जिउदो र मरेको पनि थाहा हुन सकेन । त्यो घर अनी त्यो परिवारको सबै आशाहरु एका एक अन्ध्यारो हुँदै गए । दुई नानीहरुको स्कुलको खर्च र अन्य घर खर्च धान्नलाई पार्वतीलाई साह्रै धौ धौ पर्‍यो, न टेक्ने डाली न समाउने हाङा मन बुझाउने ठाउ रहेन । हरेक रात आकाशको तारा हेर्दै आफ्नो उज्वल भबिश्यको कल्पना गर्दै आफ्नो प्राण प्यारालाई सम्झनु पार्वतीको दिनचर्या जस्तै बनेको थियो । सुनसान घर उजाड मन अनी गरिबिको पिडाले आहात भएको मनलाई सम्हाल्दै एउटा द्रिढ सन्कल्प लिनुको कुनै बिकल्प थिएन ।

झमक्क रात परीसकेको थियो, सुनसान रातमा एकोहोरो ढोकामा ढकढकको आवाज आउछ, पार्वती हतार हतार ढोकामा पुगेर को हो यती राती के काम पर्‍यो भनेर सोध्छिन । एउटा मलिनो स्वरमा आवाज आउछ, पार्वती म हुँ ढोका खोल, बोलिमा स्पष्टता थिएन, पार्वती एक मन त डरायकी पनि थीइन, बिस्तारै ढोकाको सानो चेप बाट बाहिर चिहाउन थालिन, बाहिर उज्यालो नभएकोले गर्दा राम्रो सँग ठम्याउन हम्मे हम्मे पर्‍यो पार्वतीलाई, तर एउटा अस्पष्ट कालो आक्रिती ढोकामा उभिरहेको थियो, पुन सोधिन पार्वतीले को हो ढोकामा ? पार्वती म मोहन, मलाई चिनेनौ, मलिनो स्वरमा पुन अर्को अस्पष्ट आवाज आयो, भुतप्रेतमा साह्रै विश्वाश गर्ने पार्वती डरले काप्दै थीइन, जे त पर्ला भनेर ढोका खोलिन ।।।।।।।।।छुस्स दारी पालेको, कालो अनुहार, दुब्लाएर सिसुपाल भएको, मैला लुगामा उनको प्राण प्यारा मोहनलाई देखेर पार्वतीको होस्हावास हरायो, धेरै बर्ष पछी बिना खबर त्यसरी आफ्नो प्राण प्यारा आफ्नै अगाडि देख्दा सपना हो कि बिपना झै भयो पार्वतीलाई ।

मोहन बोल्न सक्ने हालतमा थिएनन, थाकेर लखतरान झै देखिन्थे, बाबाको बोली सुनेर चिर निन्द्रामा परेका छोरा छोरी पनि बिउँझीए, ति अबोध छोरा छोरी खुशीले चिच्याउन थाले, खै त बाबा मलाई के ल्याईदिनु भयो ? दुबैले पालै पालो सोधे, तर ति अबोधहरुलाई के थाहा तिनिहरुको बाबा कुन हालतमा थिए भन्ने कुरा । मैले केही ल्याएको छैन छोरा छोरी हो, भोली बजार गएर किनेर ल्याईदिउला ल, आश्वासनको झटारो फाल्दै छोराछोरिलाई सम्झाउने प्रयासमा जुटे मोहन, छोरा छोरीले मुन्टो हल्लाउदै सहमती जनाए । आउनुहोस् खाना खाउ अनी दु:ख सुखका कुरा गरौला, आफ्नी फुल जस्ती श्रीमतिको त्यो आग्रहलाई टार्न सकेनन मोहनले आफुलाई खाना को रुची नभए पनि टाउको हल्लाउदै हुन्छ नि भने । खाना खाईसकेपछी मोहनको बैदेशिक यात्राको काहानी सुरु भयो, बिचरा मोहन बिदेश गएको केही दिनमै सडक दुर्घटनामा परेका रहेछन, ईन्सुरेन्स गरेका हुनाले उनको लाग्ने खर्च कम्पनिले नै बेहोरेको रहेछ, टाउकोमा गहिरो चोट लागेको र हात गोडा भाचिएको हुँदा लामो समय सम्म उपचारको क्रममा अस्पातलमा बस्नु परेको तितो यथार्थता भनी रहदा पार्वतीको चोली आँशुले भिजेर लपक्कै भाईसकेको थियो । एकातिर मोहनको स्वास्थ्यमा परेको प्रतिकुल असर अनी अर्को तिर बैन्कको रिण चोट माथि चोटहरुको खात लाग्दा के गर्ने के नगरने सोच्न सक्ने अवस्थामा थिएनन ति दुई प्राणिहरु ।

बिहान मोहनको निन्द्रा ढिला खुल्यो, छोरा छोरीहरु पढ्दै थिए, पार्वती ए पार्वती । ।।।।।।।। हैन कता छौ ? मोहन घांटी सुक्ने गरी बोलाउन थाल्छ, तर पार्वती घरमा हुदिनन, बाबा ममी बिहानै निस्केर खै कता जानु भयो भन्दै छोरोले भन्न थाल्यो, मैले कहाँ जाना लाग्नु भएको ममी, बाबा यतिका बर्षा पछी घर आउनु भाएको छ, किन बाबालाई छोडेर जान लाग्नु भएको भने तर ममिले मलाई उल्टै हप्काउदै चुप लाग तलाई बजिया भन्दै जानु भयो भनेर छोरोले मोहनलाई कुरा लगायो । छोरा छोरी स्कुल जाने बेला भाईसकेको थियो, खाना पकाएकै थिएन, हतार हातार मोहन भान्छा तिर लाग्यो । छोरा छोरीलाई खाना खुवाएर स्कुल पठाएपछी मोहन गरिहो चिन्तनमा पर्‍यो, हैन यस्तो त थीइन मेरी पार्वती अचानक यस्तो परिवर्तन देख्दा मोहन तीन छक पर्‍यो । गोठमा थारो गाई ड्वा ड्वा गर्दै कराउदै थियो, घाँसपातको जोहो गर्नु पर्‍यो भनेर मोहन बारीतिर लाग्यो । एकैछिनमा एक डोको घांस् काटेर गाइलाई हालिदियो, घर सफा गर्नु घांसपात, गाई, गोठ, भकारो यस्तैमा मोहनको दिन बित्यो ।

झमक्क साँझ पेरिसक्यो पार्वतीको कुनै अत्तोपत्तो थिएन, कतै बुझ्न जाने हो कि के गर्ने के मोहन त्यसै बिरक्तिन थाल्यो, पार्वतीमा एकाएक आएको यो परिवर्तन देखेर मोहन दिक्क मान्दै आफ्नै भाग्य उस्तो भनेर भाग्यलाई धिक्कार्न थाल्यो । बाहिर मोटरसाइकलको आवाज आयो, को आयो यती बेला भनेर यसो झ्याल खोलेर हेर्छ मोहन, पार्वती मोटार्साइकलबाट ओर्लिदै गरेको द्रिश्य देख्छ । एउटा नौलो युoबकले पार्वतीलाई घर सम्म पुर्याउन आएको रहेछ । यो द्रिश्यले मोहनलाई धेरै जलन हुन्छ । हैन पार्वती तिमी आज कता गयौ ? केही भन्दा पनि भनेनौ, सानो सानो कुरा पनि मलाई भन्ने गर्थेउ, खै के पर्‍यो आज तिमीलाई मलाई भन्दै नभनी बिना खबर कहाँ गएका थियौ ह ? पार्वती मौन रहिन, सबै कुरा हजुरलाई भनिरहनु जरुरत छैन, कती कुराहरु नभनेकाइ जाती हुन्छ नि हैन र ? मोहनको ओठ तालु सुक्यो, पार्वतीको कुरा गर्ने शैलिमा आएको परिवर्तन देखेर छाङा बाट खसे झै भयो । आफ्नो लाचारीपनले मोहनलाई बाधेको थियो, उ मुख फोरेर पार्वतीलाई तथानाम पनि भन्न सक्दैनथ्यो ।

भोली पल्ट पनि पार्वती बिहान सबेरै उठेर हिडिन, मोहनको घर नजिकै मोहनको आमा बाबुको घर थियो, उ बिदेश जानु २ बर्ष अघी मात्र आफ्नो अंश लिएर छुट्टै बसेको थियो । बाबु आमालाई केही कुरा थाहा छ कि भन्दै उ बाबुको घरतिर लाग्छ । उसो त मोहनको श्रीमती पार्वती तल्लो जातिकी थीईन, मोहन उपाध्ये बाहुनको छोरा थिए भने पार्वती छेत्रीकी छोरी, छोराले जात फाल्यो भनेर छोरा बुहारी नै सासु ससुराका लागि आँखाका कसिङर बनेका थिए, उ बेलामा कम्ती हेला गर्दैनथे पार्वतीलाई, तर पार्वतीको सहनशिल व्यबहारका कारण थाम थुम भएका थिए । पार्वती सँग त्यही बेला देखी सासु ससुराको बोलिचाली बन्द भएको थियो । हैन आज कस्लाई सम्झेर आईस ए भाते भन, आगनको डिलमा नपुग्दै मोहनका बाबु गर्जिन थाले, मोहनले केही सोध्नै भ्याएनन, मोहनका बाबु आमा पार्वतीको सत्तो सराप गर्दै कुरा काट्न थाले, हेर बाबु त्यो कुलंघार राक्षस्नीले हाम्रो नाक काटिसकी, तलाई केही मतलब छैन, १ बर्षा जती भयो बिहान निस्किन्छे एकै पल्ट साझमा घर आउछे, कहाँ जान्छे के गर्छे केही थाहा छैन , गाउमा मुख देखाएर हिडिसक्नु छैन ,,,,,,,,,के के हो के के बरबराउन थाले बुढा बुढी नै ,,,,,,,,,,

आमाबाबुले भनेका कुरा अनी पार्वतीमा आएको परिवर्तनले मोहन गहिरो शोकमा पर्छ । अनुहार रातो पिरो बनाउदै मोहन घरतिर लाग्यो । त्यो दिन पार्वती अली ढिलो घर आईपुगिन, बिचारो मोहन पार्वतीलाई धेरै विश्वाश गर्थ्यो धेरै माया पनि गर्थ्यो त्यसैले उस्ले पार्वतीसँग कुनै कुरा सोध्न चाहेन, हजारौ ब्यथा मुटुभित्रै गुम्साउदै बस्यो । पार्वती थाकेर आएकी हौली खाना पकाएर राखेको छु खाएर सुत है । पार्वतीको लुगा लगाइ पनि पहिलाको भन्दा धेरै फरक थियो, दिन दिनै जसो लुगा फेर्थिन, तर अनुहार सधैं मलिन नै हुन्थ्यो, रङ उडेर फुस्रो भए जस्तो ।

एबम रितले दिनहरु बित्दै गयो, धेरै साहास गरेरे एक दिन मोहनले पार्वतीलाई कहाँ जाने गरेको छौ ? के गर्न जान्छौ भनेर सोध्यो, तर पार्वतीले कुनै जवाफ दीइनन, मोहन निरास भयो, हैन आखिर पार्वती जान्छे चाँही कहाँ ?? यो सोचनिय बिषय बनेर मोहनको मस्तिश्कमा घुमिरह्यो । एक दिनको कुरा हो, मोहन बैन्कमा आफुले तिर्नु पर्ने पैसा साउ ब्याज सहित कती भएछ भनेर बुझ्न गयो । तर बैन्कमा आफुले तिर्नु पर्ने पैसा केही महिना अघी तिरिसकेको रहेछ, पैसा सबै चुक्ता भैसकेको छ तिर्नु पर्ने कुनै रकम देखिदैन भनेर बैन्कको कर्मचारीले भन्दा मोहन तीन छक पर्‍यो । हैन पैसा कसले तिर्यो ? यो के अचम्म भयो ? मोहन फेरी सोचाइमा पर्‍यो । बेलुकी मोहनले पार्वती आएपछी सबै कुरा सुनायो, हैन पार्वती बैन्कको रिण त तिरिसकेको रहेछ कस्ले तिर्यो ?? पार्वतीले एकै शब्दमा जवाफ दीइन 'मैले' । हैन यतिका पैसा कहाँ बाट ल्यायौ त ? कसरी? कहाँ ? कहिले ? यस्तै प्रश्नहरु तेर्साउदै थियो मोहन तर पार्वती चुप्चाप थीईन ।

गाउँभरी पार्वतीको बारेमा धेरै कुरा हुने गर्दथे, पार्वतीको चरित्रको बिषयलाई लिएर टिका टिप्पणीहरु धेरै हुन्थे, एक दिन यस्तै गाउलेहरुले कुरा गरेको मोहनले सुन्छ, मोहन रिसले आगो भएर घर आउछ र, पार्वतीलाई तथानाम गाली गर्न थाल्छ, तैले बेश्याब्रिती गरेर कमाएको एक पैसा पनि मेरो मुखमा नपरोस त अहिले नै यो घर छोडेर गैहाल ।,,,,,,,,,,नानाथरी गाली गलौज सुन्न नसकी पार्वती रातीनै घरबाट निस्केर हिड्छिन । छोराछोरी ममी हामीलाई छोडेर नजानु भन्दै रुन थालछन तर ह्र्दएे जलेकी पार्वतीको बेग रोकिदैन ।
समय सधैं आफ्नो बसमा हुँदैन रहेछ, हिजो म के थिए आज के भए, कती माया गर्थे पार्वतीलाई तर आखिर मेरो मायालाई लत्त्याएर चोखो मायामा एउटा नमेटिने दाग लगाएर म बाट ओझेल परी, हैन मान्छे कती सम्म निच अनी स्वार्थी हुन्छन ह ? हे दैब! तिमीले मेरो चित्कार मेरो क्रन्दन किन सुन्दैनौ,,,,,,,,,यस्तै यस्तै कल्पना अनी सोचाइमा दिन काट्दै छ मोहन हिजो आज । छोरा छोरी टुहुरा झै देखिन्छन, अलाप बिलाप गर्छन् सधैं, ममी खोइ भनेर सोध्छन सधैं,,,,,,,,,त्यो पापिनिले हामी सबैलाई थाङ्नामा सुताएर हामीलाई छोडेर गई त्यो आमाको नामको कलन्क हो, उस्लाई तिमीहरुको माया दया थियो भने आज यो अवस्था भोग्नु पर्दैनथ्यो भन्दै सम्झाउछ

केही दिनपछी, अस्पातल बाट फोन आउछ, मोहन भनेको को हो भनेर सोध्छ एउटा नौलो मान्छेले । हजुर मै हो किन के काम पर्‍यो र ? हजुरको श्रीमती पार्वती काम गर्दा गर्दै अकस्मात बेहोस् भएर अस्पतालमा भर्ना भएकी छिन् तुरुन्त आउनु पर्‍यो । मोहन कठोर हुन सकेन, मनलाई ढुङ्गा बनाउन सकेन, नौनी जस्तो मन अाफ्नो फुल जस्ती पार्वतीको पिडाले पग्लियो । हतार हतार मोहन अस्पताल पुग्छ पार्वती अचेत अवस्थामनै हुन्छिन, डक्टरहरुले पार्वतीको स्वास्थ्य राम्रो नभएको कुरा जानकारी गराउछन, मोहन अलाप बिलाप गर्न थाल्छ, यो सब कसरी भयो त ? नजिकै उभिएको एक जना भलाद्मी सँग सोध्छ । 

हेर्नुहोस् पार्वती मेरो एग्रिगेट ( ढुङ्गाको काम गर्ने ) कम्पनी मा बिगत १ बर्ष देखी काम गर्दै आईरहेकी थीइन, उनी गिटी कुट्ने काम गर्थिन, काम गर्दा गर्दै अचानक उनी बेहोस् भाईन मैले हतार हतार अस्पातल ल्याई पुर्याए ,,,,,,,,,,,,,कम्पनिको मालिकले पार्वतीको बारेमा भन्दै गर्दा मोहनको आँखाबाट साउने भेल बगिरहेको थियो, पार्वती तिमीले आफ्नो घर अनी आफ्नो परिवारको खुशीको लागि कती सम्म त्याग गरेउनी, मेरो आँखा बन्द थिए, मैले तिमीलाई हरेक बात लगाए, आखिर तिम्रो महानताले मलाई तिम्रो अगाडि नतमस्तक गरायो,,,,,,,,,,,,,,,,,,,,
पार्वतीको छेवैमा बसेर डाको छोडेर रुदै गर्दा पार्वतीले संसार छोडिसकेकी थिईन ,,,,,,,,,,,,,,,,,,,

श्रीराम अधिकारि 
मकवानपुर हेटौडा , हाल इज़रायल 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com