बेइजिङ (एएफपी), चैत्र २७ ,
तिब्बतको ल्हासासम्म आएको रेल सेवा नेपालको राजधानी काठमाडौंसम्म बिस्तार गर्नेबारे चीनले विचार गरिरहेको चिनियाँ सरकारी सञ्चारमाध्यमहरू ले बिहीबार उल्लेख गरेका छन् ।
चीनको प्रभाव नेपाल हुँदै भारतसम्म पुर्याउने गरी निर्माण गरिने यो रेल सेवाका लागि हिमालमुनि सुरुङ निर्माण गर्न सकिने गरी अध्ययन भइरहेको चाइना डेली समाचारपत्रले समाचारमा उल्लेख गरेको छ । क्विंगाई-तिब्बत रेल सेवाले यसअघि मुख्य चीनलाई ल्हासासँग जोडिसकेको छ ।
यसको बिस्तार गरी नेपालको अनुरोधमा नेपाली तिब्बत सीमासम्म लैजाने यसअघि नै चीनले योजना गरिसकेको छ । सीमाक्षेत्रबाट यसलाई अझै बिस्तार गरी नेपालसम्म लगिने समाचार चाइना डेलीले चाइनिज एकेडेमी अफ इन्जिनियरिङलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।
यो २०२० सम्ममा पूरा गर्ने लक्ष्य छ । चिनियाँ विदेशमन्त्री वाङ यीले गत डिसेम्बरमा नेपालको भ्रमण गर्दा रेल सेवा काठमाडौंसम्म र अझ यसभन्दा बढी भारत सीमासम्म बिस्तार गर्न सकिने सम्भावनाबारे छलफल भएको नेपाली सञ्चारमाध्यमले उल्लेख गरेका थिए ।