गोरखाका भूकम्प पिडितलाई खाद्यान्न र त्रिपाल

रत्ननगर,चितवन १७ ,

शिशिर सिंखडा : बैशाख गत शनिवार आएको भूकम्पवाट पिडित गोरखा भूम्लीचोक गाविस आग्रीडाँडाँका ५० घर परिवारलाई खाद्यान्न र त्रिपाल सहयोग भएको छ ।

नेपाल रेडक्रस सोसाईटी उपशाखा खोलेसिमलका उपाध्यक्ष ओमप्रसाद लामिछाने,शहीद स्मृति बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख धर्मदत्त तिवारी र संगीतकार अर्जुन पोखरेलले ५० थान त्रिपाल र ५० घर परिवारलाई खाद्यान्न सहयोग गर्नुभएको हो ।

उनीहरुले आज विहीवार सोही स्थानमा पुगी पिडित परिवारलाई सहयोग हस्तान्तरण गर्नुभएको उपशाखाका सभापति गणेशशर्मा पौडेलले जानकारी दिनुभयो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com