मेहतराम (अफगानिस्तान) चैत्र ३०,
तालिवानहरूले आइतबार अफगानिस्तानमा एक अस्पताल जलाएको समाचार छ । अफगानिस्तानको पूर्वी प्रान्त लाघमानमा रहेको एक स्वास्थ्य क्लिनिकमा उनीहरूले आइतबार आगो लगाएका थिए ।
एक समूहमा आएका एक दर्जनभन्दा बढीको सङ्ख्याका तालिवानले त्यहाँ रहेको स्वास्थ्य क्लिनिकमा आगो लगाएका थिए । पूर्वी प्रान्त लाघमानको अलिनगर जिल्लामा रहेको क्लिनिकमा उनीहरूले आगो लगाएका हुन् ।
सो जिल्लाका तालिवान कमाण्डर मुल्लाह तराबको नेतृत्वमा आएका उनीहरूले सो अस्पतालमा आगो लगाएर जलाएको बताइएको छ । सो जिल्लामा तालिवानहरूको प्रभाव रहेको छ । त्यहाँ सेनाको उपस्थिति पनि हुन नसकिरहेको बताइन्छ । रासस/सिन्ह्वा :