बिरामी पर्दा झारफुक होइन स्वास्थ्य चौकी पहिले

काठमाडौँ, ४ वैशाख,

विरामी हुँदा झारफुकको लागि धामी झाँक्रीको घर पुग्ने मध्यपश्चिम तथा पश्चिमाञ्चल विकास क्षेत्रका विकट ग्रामीण भेगका बासिन्दाहरु अहिले परिवारमा कोही विरामी भए भने तुरुन्तै स्वास्थ्य चौकीमा लैजाने गर्दछन् । 
विरामी हुँदा स्वास्थ्य चौकीहरुमा जानुपर्छ भन्ने चेतनाको अभावले मात्र नभई गाउँमा चिकित्सकहरु नजाने, औषधिको अभावको समस्याले पनि जनताले आधारभूत स्वास्थ्य सेवा पाउन सकेका थिएनन् । तर अहिले मध्यपश्चिम तथा पश्चिमाञ्चल क्षेत्रका १४ जिल्लामा सञ्चालन भएको जीवनका लागि स्वास्थ्य कार्यक्रमले जनताको चेतनास्तरमा वृद्धिसँगै स्वास्थ्यमा पनि सुधार आएको पाउन सकिन्छ । 

कार्यक्रमले सरकारलाई मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य र परिवार नियोजनसम्बन्धी सेवा उपलब्ध गराउने कार्यमा सबलीकरण गदको कार्यक्रमका उपप्रमुख धर्मपाल प्रसाद रमनले जानकारी दिए । स्थानीय निकायहरुले स्वास्थ्य क्षेत्रमा व्यवस्थितरुपमा लगानी बढाउन थालेका छन् । गाउँका स्वास्थ्य चौकीहरुमा आवश्यक उपकरण र औषधिहरु उपलब्ध हुन थालेपछि चिकित्सकहरु गाउँ नजाने क्रम निकै कम भएको उनको भनाई छ । 

स्थानीय समुदायको सक्रियतामा कतिपय स्वास्थ्य चौकीहरुमा एक्सरे, प्रयोगशाला लगायत विभिन्न सुविधाहरु उपलब्ध छन् । स्वास्थ्य चौकीहरुमा समेत आउन नसक्नेहरुको सुविधाका लागि गाउँगाउँमा स्वास्थ्य शिविरहरु सञ्चालन भएका छन् । भौगोलिक बनौटका कारण समयमा औषधिलगायत अन्य सामग्री स्वास्थ्य निकायमा पु¥याउन कठिन भैराखेको सन्दर्भमा कार्यक्रमले ती जिल्लाका स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको र स्थानीय सङ्घसंस्थाहरुको क्षमता थप अभिवृद्धि गरी तिनीहरुको स्वामित्व र अग्रसरतामा स्थानीय आवश्यकतामा आधारित गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा सञ्चालन गर्नेतर्फ पाइलाहरु चालिएका छन् ।

स्थानीय २८ वटा सामुदायिक एफएम रेडियोले स्वास्थ्य, सरसफाइका बारेमा विभिन्न जानकारीमूलक कार्यक्रमहरु र विद्यालयहरुमा स्वास्थ्यसम्बन्धी चेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दैआएका छन् । यी गतिविधिहरुबाट स्वास्थ्यको बारेमा विभिन्न जानकारी उपलब्ध भएपछि गाउँमा स्वास्थ्यसम्बन्धी जागरण आएको र यी गतिविधिहरुले गाउँ स्वास्थ्य योजना बनाउँदा स्थानीय आवश्यकता पहिचान गर्न थप सहयोग पुगेको स्वास्थ्य प्रणालीका टोली प्रमुख डा दामोदर अधिकारी बताउछन् । 

सूचना सञ्चारको पहुँचको विस्तार भएपछि स्थानीय बासिन्दामा आएको परिवर्तनका कारण रजस्वला भएको समयमा गरिने दुव्यवहार, गर्भवती महिलालाई गरुङ्गो भारी उठाउन नदिने पोषिलो खाने कुरा खानदिने र आराम गर्न लगाउने क्रमशः बढेको उनको भनाइ छ । 

केही वर्ष पहिलेसम्म धामी झाँक्रीमा विश्वास गर्दा कतिपयको अकालमै ज्यान जाने गरेको अवस्थामा अहिले निकै कमी आएको बताउँदै गर्भवती महिलाको स्वास्थ्य जाँच गराउन, सुत्केरी गराउन अस्पताल वा नजिकको स्वास्थ्य चौकी पु¥याउनु क्रम बढेको छ । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com