युएईमा दलित एकता संजाल नेपाल विस्तार

युएई चैत्र २९,

रामकुमार परियार : प्रवासबाट संगठित दलित एकता संजाल नेपाल युएई  ले साँगठनिक संरचना विस्तारका क्रममा गत शुक्रबार युएई को अबुधाबिमा क्षेत्रीय समिती गठन गरेको छ ।

संगठन विस्तारका क्रममा शुक्रबार अबुधाबिमा आयोजित भेलाबाट कमला मोते को संयोजकत्वमा ९ सदस्यीय क्षेत्रीय समिती गठन गरेको हो । दलित एकता संजाल नेपाल युएई का अध्यक्ष पदम नेपाली को अध्यक्षतामा अबुधाबिको कर्नल पार्कमा आयोजित विशेष भेलाबाट सर्व सहमतिमा समिती गठन गरिएको हो । समितिका अन्य पदाधिकारीहरुमा उपसंयोजकद्वय जीवन ज्योति विश्वकर्मा र मोतिलाल विश्वकर्मा,सचिवद्वय सुवास दियाली विश्वकर्मा र मन बहादुर सार्की ,कोषाध्यक्ष केशव पाँचकोटि रहेका छन । त्यसैगरी सदस्यहरुमा विरेन बस्याल सार्की,रुद्र परियार र जेम्स सुनार रहेका छन । त्यस्तै नव गठित समितिलाई नियमित सल्लाह सुझाव दिँदै पथ प्रदर्शनका निम्ति ४ सदस्यीय सल्लाहकार समिती समेत गठन गरिएको छ । जसमा करण सुन्चेउरी , शंकर नेपाली , पर्शुराम गहतराज र नेत्रलाल खाती विश्वकर्मा रहेका छ्न । 
नेपालका विभिन्न भु-भागबाट आएर अबुधाबीमा कार्यरत दलित समुदायका प्रतिनिधिहरु सम्मीलित उक्त भेलामा दलित एकता संजाल नेपाल अन्तर्राष्ट्रिय समन्वय समितिका पुर्व संयोजक तथा युएईका संरक्षक  खड्क गैरे को प्रमुख  आतिथ्य रहेको थियो । अभियन्ता करण सुन्चेउरीको स्वागत मन्तव्य संगै अघि बढेको कार्यक्रम सुभाष दियालीले संचालन गरेका थिए । कार्यक्रममा प्रमुख आतिथी खड्क गैरेले संजालको औचित्य,आवश्यकता र भावी रणनीतिबारे प्रष्ट पारेका थिए ।
विश्व भरी छरिएर रहेका दलित समुदायलाई एकीकृत गरि नेपाली समाजमा विध्यमान असमान जातिय संरचनाको अन्त्य गर्दै समतामूलक समाज निर्माणार्थ गठित दलित एकता संजाल नेपालले युएईमा समेत आपत विपतमा परेका दलित समुदायको उद्दारका निम्ति विभिन्न सहयोग गर्दै आएको दलित एकता संजाल नेपाल युएईका अध्यक्ष पदम नेपालीले बताए । त्यसैगरी आगामी दिनमा अबुधाबी भरी छरिएर रहेका दलित समुदायका प्रतिनिधिहरुलाई आबद्द गराउँदै आपत विपतमा परेका व्यक्तिहरुको उद्दारका निम्ति ससक्त भएर लागि पर्ने र संगठन हरुको भिडमा एउटा उदाहरणिय बनाएर देखाउने नव गठित समितिकी  संयोजक कमला मोते ले बताईन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com