सूचना तथा हार्दिक निमन्त्रणा

तेल अभिव (इज़रायल) बैशाख ९,

यस सहयोगी मनहरुको समाज Society of Helping Hearts को आयोजनामा आउदो जुन १९ तारिक शुक्रबारका दिन ज्यान जोखिममा राखेर अध्ययन अध्यापन गर्दै आएको त्रिपुरेश्वर-२ सुकौरा, धादिङ स्थित श्री जनज्योति प्रा.बि को भवन निर्माण सहयोगार्थ इजरायल मै पहिलो पटक नेपालका बहुचर्चित लोकदोहोरी गायक खुमन अधिकारी, देबि घर्ती र नेपाली तारा-३ प्रताप लामाको बेजोड प्रस्तुति को साथमा भब्य लोक दोहोरी हुने जानकारी गराउदछौ ।

हामी इजरायल बासी नेपाली ले आफुले सक्दो परोपकारि कार्य गर्दै आएका छौ यसमा कुनै दुइमत छैन तसर्थ फेरि पनि ती ज्यान जोखिममामा राखेर पठनपाठन गर्न बाध्य बालबालिकाको लागी भवन निर्माण सहयोगार्थ आयोजित यस कार्यक्रम लाई सफल पार्न उक्त दिन कुनैपनी कार्यक्रम नराखी इजरायल मा रहनु हुने सम्पूर्ण बुद्धिजिवि, संघसस्था, पत्रकार, नागरिक समाज एवम सम्पुर्ण इजरायलबासी नेपालीबाट सहयोग पुर्याइदिनु हुन बिनम्र अनुरोध गर्दछौं ।

यहाँहरुको सहयोग शुभेच्छा र सद्भावले नै कार्यक्रम सफल भई ति स्कुले नानीहरु को पठनपाठन गर्ने भवन निर्माण मा थोरै नै किन नहोस सहयोग पुर्याउन सकिने हुँदा सम्पूर्ण इजरायल बासि नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा उक्त कार्यक्रममा उपस्थित भइ यस परोपकारी कार्यमा सरिक भईदिनु हुन् हार्दिक सादर निमन्त्रणा गर्दछौं ।

कार्यक्रम हुने स्थानका बारेमा र २० जुन २०१५ शनिवार का दिन कलाकारहरुको साथमा गरिने भ्रमण का बारेमा हामीले चाडै नै यहाँहरुलाई बिस्तृत जानकारी गराउनेछौ । अन्य बिबिध जानकारीका लागि हाम्रो इनबक्समा सम्पर्क राख्नुहुन यहाहरु सबैमा हार्दिक अनुरोध गर्दछौ |

" सोसाइटी अफ हेल्पिंग हार्ट्स परिवार " 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com