अमेरिकाका एनआरएन आईसीसीका पदाधिकारी एनआरएन युएसए लाई यसरी हेर्छन l

फाल्गुन २४ ,डिसी

विजय थापा : गैर आवासीय नेपाली संघ ,राष्ट्रिय समन्वय समिति अमेरिका अहिले विश्व मै चर्चाको शिखरमा पुगेको छ । विश्वमा रहेका एनआरएन मध्ये अमेरिका संसारमा सबै भन्दा धेरै सदस्य भएको देश बन्दै किर्तिमान कायम गर्न सफल भए पछि यसलाई हेर्ने दृष्टिकोणमा आमुल परिवर्तन भएको छ ।

एनआरएन अमेरिकामा छाता संगठनको रुपमा स्थापित भै सकेको छ । वर्तमान कार्यकारी समितिको मेहनत ,दूरदृष्टि र अथक प्रयासको कारण ३ गुणा सदस्यतामा वृद्धि भएको हो ।

एनआरएन अमेरिकामा करिब १२ हजार सदस्यहरु छन् । यसैको सेरोफेरोमा बिशेष समाचार बनाउने क्रममा अमेरिकामा रहेका एनआरएन आईसीसीका संरक्षक ,सल्लाहकार तथा एनआरएन आइसीसी सदस्यहरुलाई समेट्ने प्रयास गर्दै केहि जिज्ञाशा राखेका थियौ ।

कार्य व्यस्तता तथा अन्य कारणले एनआरएन आइसीसीका अमेरिकामा रहेका सम्पूर्ण पदाधिकारीहरुसंग सम्पर्क तथा कुराकानी गर्न सफल नभएता पनि उपलब्ध र सम्पर्कमा भएका केहि सदस्यहरुले आफ्नो भनाई यसरी राखेका छन् :

१) एन आर एन अमेरिका १२ हजार सदस्य भएको विश्व कै ठुलो सदस्य भएको मुलुक एनआरएन अमेरिका भयो ।
यहाहरु के भन्नु हुन्छ ?
 
राजेन्द्र सिवाकोटी :एनआरएन आइसीसी सदस्य (अमेरिका) :एकदम राम्रो अवस्थामा छ । यो ठुलो उपलब्धि हो । १२ हजारमा मात्र सन्तोष भएर बस्नु हुदैन । ३ लाख जन घनत्व भएको अमेरिकामा किन यो भन्दा दोब्बर र तेब्बर नसोच्ने ।  रफ्तारमा चलि सकेको अवस्था छ र यसलाई निरन्तरता दिनु पर्छ ।
राजा घले (एनआरएन आइसीसी सदस्य ,अमेरिका ) :निश्चित रुपमा यो एक सकारात्मक र स्वागत योग्य छ । सबैको अथक प्रयासबाट यो सम्भब भएको छ । एकतानै बल हो भन्ने यसले पुष्टि  पारेको छ । एनआरएन अमेरिका १२ हजार सदस्य भएको विश्व कै ठुलो सदस्य भएको मुलुक एनआरएन अमेरिका भयो भनेर यसैमा सधै गर्व गरेर चाही बस्नु हुन्न । २ देखि ३ लाख नेपालीहरु भएको ठाउमा १२ हजार सदस्य हुनु त्यति ठुलो आश्चर्य मान्नु पर्दैन । यो भन्दा बढी संख्या बढाउने प्रयाश गर्नु पर्छ र सम्भब पनि छ ।
 
बिष्णु माया परियार (एनआरएन आइसीसी महिला सशक्तिकरण संयोजक ) :खुशीको कुरा हो । हामी यो संस्था ३०- ४० जनाको हुदा देखि नै आबद्ध भएका हौ । उचित समय छ । वर्तमान समितिले धेरै मेहनत गरेको छ र संचार माध्यमले ठुलो प्रचार र प्रसार गरेको कारण १२ हजार पनि पुग्न सकेको हो ।

डा बिनोद शाह ((एनआरएन आइसीसी सदस्य ,अमेरिका ) :  आफु यो संस्थामा पहिले देखि नै लागेको हुनाले यो संस्था प्रति धेरै माया छ ।  प्रारम्भिक चरणमा धेरै खुड्किलो पार गर्न धेरै मेहनत गर्नु पर्यो । बिभिन्न झिना मसिना विवादमा पनि मुसियो 

तर गत बर्ष देखि संस्था प्रतिको श्रद्धा निकै बढ्न गै यो संस्थाले नै सम्पूर्ण नेपालीको समस्या समाधान गर्छ भन्ने विश्वासको कारण १२ हजार सदस्य हुन् पुग्यो । म खुशी छु ।

२)  एन आर एन अमेरिकाको मे ,महिनामा चुनाब हुदैछ र अहिले नै उम्मेदवारी दिने क्रम जारि छ र दिनहु एक दुई जनाले उम्मेदवारी दिई रहेका छन् ? केहि भनाई राख्न सकिएला ?

राजेन्द्र सिवाकोटी :एनआरएन आइसीसी सदस्य (अमेरिका) : यसरी उम्मेदवारीको ओईरो लाग्नु अत्यन्तै राम्रो हो किनभने संस्थाले सबै नेपालीको आवाजलाई नेपाल सरकार संग पुर्याउन सक्छ । हक र अधिकारलाई वकालत गर्न सक्छ भन्ने लागेकोले यसरी उम्मेदवारी दिने संख्या बढेको हो । तर भोलि गएर एउटा पदमा धेरै संख्या भए ,समुह ,गुट र उप गुटमा विभाजित नहोला भन्न सकिन्न । यसमा आफुलाई चिन्ता लागेको छ ।

राजा घले (एनआरएन आइसीसी सदस्य ,अमेरिका ) :सबैको चासो बढ्नु भनेको सस्थाको मूल्य र मान्यता बढेको छ । यो गतिलाई हामीले रचनात्मक तथा उत्पादकमुलकबाट नगद  गर्न सक्नु पर्छ । यसो गर्न सकेमा यों संस्थालाई अझै उचाई र बिस्तार गर्न सकिन्छ ।

बिष्णु माया परियार ((एनआरएन आइसीसी महिला सशक्तिकरण संयोजक ) :उम्मेदवार दिनु भन्दा पनि काम गर्ने मानिस आउनु पर्छ । संस्था प्रति सकारात्मक सोच भएको हुनाले यसरी उम्मेदवारी माथि उम्मेदवारी आई रहेको छ । यो राम्रो कुरा हो । राम्रो मान्छे र संस्थाको हितमा काम गर्ने मानिस नेतृत्वमा आउनु पर्छ भन्ने आफ्नो चाहना रहेको छ ।

डा बिनोद शाह ((एनआरएन आइसीसी सदस्य ,अमेरिका ) : बिगतमा मानिस एनआरएन संग सदस्य पनि हुन् चाहदैन थिए तर हाल एनआरएन अमेरिकाले आमुल परिवर्तन गरेको छ । सदस्य वृद्धिको कारण सकारात्मक भएको छ । र, यसरी संस्था प्रति उम्मेदवारी दिन आउनु नै संस्था प्रति देखाईएको अभिरुचि र माया हो ।

३)एनआरएन आइसीसीले एनआरएन अमेरिकालाई कसरि हेरी रहेको छ ? के भन्नु हुन्छ यहाहरु ?
 
राजेन्द्र सिवाकोटी :एनआरएन आइसीसी सदस्य (अमेरिका) :एनआरएन आइसीसीले एनआरएन अमेरिकालाई सकारात्मक रुपले लिएको छ । सशक्त मुलक भएकोले यसले नेतृत्व पनि लिन सक्छ भन्ने सोचाई आई रहेको छ ।  अमेरिकाको लागि नै यो एउटा सकारात्मक पक्ष हो ।

एनआरएन एनसीसी अमेरिकाको भूमिका बारेमा एनआरएन आईसीसी अवगत छ । एनआरएन आईसीसीमा बृहत कार्य दल छ । उक्त कार्य दलले अहोरात्र राष्ट्रिय सवालका मुद्धामा काम गरि रहेको छ । राष्ट्रिय समन्वय समितिका आफ्ना कार्य क्षेत्र हुन्छ । त्यसमा ज्यादा केन्द्र बिन्दु बनाउनु पर्ने हुन्छ । अमेरिका वर्तमान अवस्थामा घर भित्र केन्द्रिकरण गर्नु भन्दा राष्ट्रिय सवालका केहि मुद्धाहरुमा ज्यादा केन्द्र बिन्दु बनाउने तर्फ ध्यान दिएको जस्तो देखिएको छ ।

आफु आईसीसी सदस्य भएको नाताले एनआरएन अमेरिकामा भएका आवस्यकता र समस्यालाई सम्बोधन गर्न तर्फ लागे एन आरएन अमेरिका अझ सशक्त हुने छ ।

राजा घले (एनआरएन आइसीसी सदस्य ,अमेरिका ) :मेरो बिचारमा एनआरएन आइसीसीले एनआरएन अमेरिकालाई हेर्ने दृष्टि संसारको कुनै पनि मुलुक भन्दा भिन्न छ । अमेरिकाको एन आर एन ले के कस्ता कार्यक्रम गर्दैछन् वा गर्छन भनेर सधै उत्सुक र जिज्ञाशा राखेको हुन्छ । उनीहरुको सोचमा एनआरएन अमेरिका संसारको सबै एनआरएन भन्दा बलियो र निकट भविष्यमा यहाँबाटै नेतृत्व गर्न सक्ने सम्भावना देखेको छ । हालै एनआरएन आइसीसीका अधक्ष्य श्री शेष घले ज्यू नेपालमा बन्न लागेको भमण निर्माणको लागि चन्दा संकलन गर्ने उदेश्य  लिएर अमेराकको विभिन्न राज्यहरुमा भ्रमण गर्दा पनि सबै भन्दा बढी यहाँबाट रकम संकलन हुनुमा उहा निकै सन्तुस्टी हुनुभएको छ । पटक पटक अमेरिकाको सराहना गरेर बोल्नुभएको छ । यों कामले थप उर्जा दिएको छ ।

बिष्णु माया परियार ((एनआरएन आइसीसी महिला सशक्तिकरण संयोजक ) : छिटो समयमा राम्रो प्रगति गरेको छ । अझ धेरै गर्न बाकि छ । यो जोश र जाँगरलाई निरन्तरता दिनु खाँचो छ ।

डा बिनोद शाह ((एनआरएन आइसीसी सदस्य ,अमेरिका ) :एनआरएन आइसीसीले एनआरएन अमेरिकालाई नजिक बाट निहाली रहेको छ किनभने भोलि नेतृत्व पनि लिन सक्ने देश बनेको छ । राम्रो काम गर्दै उदाहरण प्रस्तुत गर्दैछ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com