गज़ल By, कल्पना पौडेल “जिज्ञासु”
खुशी संग बित्थ्यो जीवन मलाई बुझ्ने साथी भए
जसलाई सुम्पे जिन्दगानी आज उनै घाती भए
जसलाई सुम्पे जिन्दगानी आज उनै घाती भए
प्रितीको फूल रोपेकीथे मनको त्यो बगैचामा
मायाको सुवास छर्नु अघि सबै फूल पाती भए
पोखिएको भावना यी सम्झिएर पछुताउदै
पीडा च्यापी किन रुन्थें आफ्नो मान्छे जाति भए
स्वर्गीय आनन्द त्यहाँ मिल्थ्यो होला पक्कै पनि
मनको भारी बिसाउने त्यो मायालुको छाती भए
कुण्ठित मनका चाहना सबै अधुरो र अपुरो भो
लुटियो माया गुम्यो चैन हर प्रहर राति भए
कल्पना पौडेल “जिज्ञासु”
गैडाकोट-४,नवलपरासी
हाल: इजरायल