गजल By, मानन्धर अभागी
उनीलाई नै पाउन त्यो मन्दिर धाएर आएँ
भेटी चढाइ धामीकहाँ हस्तरेखा देखाएर आएँ
सूर्य त्यो किरणले उनीलाई स्पर्श गर्दा
जब लजाएर झुकिन् तब मन पराएर आएँ
सवैभन्दा मनपर्ने सुन्दर त्यो गुलाफ फूल
कमलो यो ओंठले चुम्न काँडाहरू पन्छाएर आएँ
कहाँ नदीको किनारा कहाँ स्वर्गमा हुर्केकी
आमा मानेकै थिएन सम्झाएर बुझाएर आएँ
प्रेम प्रस्ताव राख्न जाँदा ढिला भो भनी फर्काइयो
उनकै सामु आँखाबाट आँशु वर्षाएर आएँ ।
मानन्धर अभागी