गजल By, मानन्धर अभागी
अरुलाई कति ढाँट्नु आफैलाई ढाँट्न मन लाग्यो
पिउनु पिएर आज किन किन मात्न मन लाग्यो
जिन्दगी त सत्यम् शिवम् सुन्दरम् हुनुपर्ने
साट्न मात्र हुने भए जिन्दगी नै साट्न मन लाग्यो
नदीको किनारा छेउ वनमारा जस्तै जस्तै लाग्छ
यो जिन्दगी के जिन्दगी आफैले काट्न मन लाग्यो
कहिल्यै नपिएको चीज शुरु गर्न थालेको छु आज
विना कसूर उनीसँग त्यसै त्यसै फाट्न मन लाग्यो
भित्र भित्र गुम्सिएर उकुस मुकुस भयो आज
छाती चक्र्यो मुटु दुख्यो दुःख सुख बाँट्न मन लाग्यो ।
मानन्धर अभागी