तेल अभिव चैत्र १,
सुमित्रा पौडेल ''आँचल'' : १०५ औं अन्तराष्ट्रिय नारी दिवशको पावन अवशरमा श्री सत्य साई केन्द्र
इजरायल र नेपाली नारी आवाज इन इजरायलको संयुक्त आयोजनामा ''नारी हिंसा
विरुद्ध राज्यको दायित्व र प्रवासमा नारी ''भन्ने मुख्य नाराका साथ श्री
सत्य साई केन्द्र तथा नेपाली नारी आवाज इन इजरायलकि अध्यक्ष सुश्री नेहा
गुरुङ साईरामको संयोजकत्वमा भव्यताका साथ सम्पन्न भएको छ ।
साता भारी
मनाईने नारी दिवस इजरायलको कामको प्रकृतिलाई हेरी हिजो मार्च १४
सनिवार सत्य साई केन्द्र हार्सियोन ३५ मा महामहिम राजदुत श्री प्रलाद
कुमार प्रसाईंको प्रमुख्य आथित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उहाँकि धर्मपत्नी श्रीमती सिता प्रसाईंको समेत उपस्थिति
रहेको थियो भने राजदुतवासका दित्तीय सचिव श्रीमती रोशना खनाल , सहचारी
श्री कमल कोइराला र उहाँको परिवारको समेत समुपस्थिति थियो ।
कार्यक्रममा
बिभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार तथा उल्लेखनीय महिला
दिदीबैनीहरुको सहभागिता रहेको थियो । यस अबसरमा प्रमुख अतिथि महामहिम
राजदुत प्रसाईंले नारीहरु शिक्षित, सबल र सक्षम भएमा मात्र स्वयं चेतनाको
स्तर वृध्दि हुने , पुरूष र नारीवीच सहअस्तित्वको सम्मानको परिपाटीको
विकास हुने भएकोले यो दिवसले सम्पूर्ण नारीहरुमा एकता र सद्भाव कायम गरोस
भन्ने शुभकामना व्यक्त गर्नु भएको थियो । प्रसईंले नागरिकलाई अधिकार दिने
राष्ट्रको दायित्व हुन्छ त्यसैले अधिकार मागेर हैन लडेर लिनु पर्छ भन्नु
हुदै नारीहरुको हकहितका लागि इजरायलमा रहेका सम्पूर्ण नारीहरु बीच एकता र
सद्भावको खाँचो रहेको कुरा व्यक्त गर्नु भयो ।
मन्तब्यको क्रममा अबैध
रुपमा बढ्दो पैसा पठाउने धन्दालाई नेपाल सरकार र इजयाली सरकारको बिशेष
निगरानी रहेकोले पैसा पठाउँदा भविष्यमा असर पर्न सक्ने अबस्थालाई सबैले
ख्याल राख्न सुझाब दिनु हुँदै यस्तो परिपाटीलाई रोक्न सबैको सहयोगको
आबस्यकता रहेको र बैक या लिगल्ली रुपमा पैसा पठाउन समेत अनुरोध गर्नु भएको
थियो । सोहि कार्यक्रममा राजदुतावासका दित्तीय सचिव श्रीमती रोसना खनालले
नारीहरुको अस्तित्व सुनिश्चित होस् भन्दै हाल मात्र क्रम बद्ध रुपमा भई
रहेको बालिका बलात्कारी घटनाले सबैलाई स्तब्ध बनाएको र यस्ता महा
अपराधीहरुलाई कडा भन्दा कडा सजायाँ दिनु राज्यको दायित्व हो भन्दै यस
प्रति राज्यको ध्यान नगएको र हाल आएर कुनै सुरक्षा नभएकोमा दू;ख व्यक्त
गर्नु भयो ।
शुभकामना मन्तब्यको क्रममा तामाङ समाज इजरायलका अध्यक्ष
सुन्दर योन्जन तामांगले नारीहरुमा विनम्रता हुन्छ र नारी विकास बिना समाज र
देशको विकास असम्भब छ भन्ने विचार व्यक्त गर्दै यसका लागि नारी एकताको
आबस्यक हुने बताउनु भयो । यसरी नारी दिवस मनाई रहंदा देशमा बढ्दो नारी
हिंसा बिरुद्ध आवाज उठ्ने बताउंदै नारीहरुको सोच्ने क्ष्मातामा पनि विकास
हुने , कुरा प्रस्ट पार्नु भयो समाज परिवर्तनमा नेपाली महिलाको प्रयास
सर्हानिय रहेको विचार व्यक्त गर्दै एन आर एन ए का पुर्ब उपाध्याक्ष बि बि
लामा तामांगले इजरायलको परिवेशमा संघ संस्था भूमिका र नेपाली महिलाहरुको
सक्रियता र जुजारु पनको प्रसंसा गर्दै हरेक क्षेत्रमा महिला सहभागिताको
खाँचो रहेको र हुनु पर्नेमा जोड दिनु भएको थियो ।
मन्तब्यका क्रममा नारी दर्पणको संचालिका एबं नेपाली नारी आवाज इन इजरायलकि
सदस्य सुनिता राई (सुब्बा)ले नारी बिषयक कवितात्मक भावना पोख्दै देश विकास र
समाज परिवर्तनमा नारी शिक्षा ,चेतना र एकताको अति आबस्यक पर्ने विचार
व्यक्त गर्नु भएको थियो । यसै गरी लुम्बिनी कपिल बस्तु कि अध्यक्ष मिना
बान्तवाले इजरायलमा महिला गतिबिधि र महिलाहरुको चेतनामा अभिवृद्धि साथै
सक्रिय सहभागिता बारे आफ्नो विचार राख्नु हुँदै नेपाली नारी आवाज इन
इजरायलको इतिहास बारे स्पस्ट पार्नु भएको थियो ।मन्तब्यको क्रममा
नेपाली युनाईटेड चर्चकि माया पास्टरले एकता र सद्भाव बारे आफ्नो विचार
राख्नु भएको थियो । यसै गरी सत्य साई केन्द्रकि आध्यात्मिक संयोजक परि
डाँगीले उपस्थित सम्पूर्णमा स्वागत मन्तब्य राख्नु भएको थियो भने सत्य साई
केन्द्रकी नव आगन्तुक संयोजक शोस्तिका श्रेष्ठले 'नेपाली छोरी हु म 'बोलको
गीतमा नृत्य प्रस्तुत गरी मनोरन्जन दिनु भएको थियो ।
इजरायलको अत्यन्तै
व्यस्त कामका वाजजुत पनि दाजुभाई तथा दिदीबैनीहरुले बिभिन्न दिवस र
कार्यक्रमहरुमा सक्रिय सहभागिता देखाउनु , परोपकारी र सहयोगी भावनाको
अभिवृद्धि हुनु नेपाली जहाँ रहे पनि आफ्नो धर्म संस्कृति परम्पराको
सम्रXण र सम्बंर्धन अनि , देश प्रेममा समाज परिवर्तनको भावात्मक रुप
प्रष्ट देखिन्छ । अर्को अर्थमा समाज परिवर्तन र देश विकासमा महिला
सहभागिताको खाँचो सबैमा महसुस हुन थालेको छ । उक्त कार्यक्रममा सहभागीहरुले
महिला सवल र सक्छ्म भए मात्र समाज देश परिवर्तन हुने विश्वास व्यक्त
गरेका थिए ।
कार्यक्रमको अन्त्यमा सभापतिको आसनबाट सत्यसाई केन्द्रकि
अध्यक्ष एबम नारी आबाज इन इजरायलकि अध्यक्ष नेहा गुरुङ साईरामले
कार्यक्रममा उपस्थित प्रमुख अतिथि लगायत अतिथि सम्पूर्णमा हार्दिक आभार
व्यक्त गर्दै सत्य साई केन्द्रमा १०५ औं नारी दिवस मनाउन पाउनु बाबाको कृपा
नै हो भन्नु हुँदै प्रवासमा रहेर पनि हामीहरुले मातृभूमि प्रति जुन
भक्तिभाव देखाएका छौं यो पनि एउटा अवसर नै हो । उहाँले हटेर हैन डटेर अझ
अगाडी बढ्ने कुरामा विश्वास दिलाउंदै नेपाली नारी आवाज इन इजरायलको अध्यक्ष
पदमा रही संस्थालाई निरन्तता दिन पाएकोमा खुशी व्यक्त गर्दै आफ्नो
आध्यात्मिक लगाव संगै सामाजिक भावनालाई पनि संगै डोर्याउन पाएकोमा गर्विलो
महसुस गर्नु भयो ।
आफ्नो कर्तब्य र जिम्बेवारी प्रति सधै बफादार रहेने
प्रतिबद्धता व्यक्त गर्नु हुँदै उहाँले इजरायलमा रहेका नारीहरुमा एकताको
पहल गर्ने विचारका साथ नारी दिवसको पुनित अबसरमा सबै नारीहरुमा शुभकामना
व्यक्त गर्दै कार्यक्रम समापन गर्नु भएको थियो । उक्त कार्यक्रमको संचालन
नारी आवाज इन इजरायलकि नव नियुक्त महा सचिव सुमित्रा पौडेल आँचलले
कार्यक्रमको बीच बीचमा नारी सम्बन्धि कबिता प्रस्तुत गर्दै बढो रोमान्चित
ढंगबाट गर्नु भएको थियो ।
नेपाली नारी आवाज इन इजरायलको समिति गठन प्रक्रिया :
इजरायलमा
कार्यरत नेपाली कामदारहरुको हकहितको लागि ई .सं. २००७ मा सस्थापित नेपाली
नारी आवाज इन इजरायलको १३ जुलाई २०१३ सनिवारका दिन तेल्भिब लेबेन्सकी
पार्कमा भएको साधारण भेलाले श्रीमती लिला लिम्बुलाई सर्ब सम्मतद्वारा
अध्यक्ष चयन गरी तत्काल १३ सदस्यीय कार्य समिति सहित सल्लाहकार समिति
गठन गरेको थियो ।
अध्यक्ष लिम्बु नेपाल फिर्ता पछी समितिलाई निरन्तरता दिन
समितिमा पत्र मार्फत उपाध्यक्षलाई अध्यक्ष चयन गरी समितिलाई निरन्तरता
दिन अनुमति र अनुरोध पत्र बैभर मार्फत महासचिवलाई प्रेषित गरिएको र
उपाध्यक्षले उक्त पत्रलाई समितिमा राखी समिति पूर्णताको प्रक्रिया अगाडी
बढाउन पटक पटक महासचिवलाई अनुरोध गर्दा व्यवस्ता गर्दै केहि दिन अघि
नेपाली नारी आवाज इन इजरायल नेपाली नारी आवाजमा एक भएको भ्रमित समाचार
प्रकाशन गर्न लगाई र आफु नेपाली नारी आवाजको भोलिन्टियर पदमा रही काम
गर्न सुरु गरेको टेलिफोनको कुराकानीमा उपध्यक्ष नेहा गुरुङलाई जानकारी दिए
पछी संस्थाको महासचिव जस्तो गरिमा पदमा रहेर नेपाली नारी आवाज इन इजरायलको
अस्तित्वलाई खल्बल्याउन गरिएको महासचिवको एकल निर्णय प्रति दू;ख व्यक्त
गर्दै तुरुन्त सल्लाहकार समिति र समितिको संयुक्त बैठक बोलाई बिस्तृत
छलफल पश्च्यात नेपाली नारी आवाज इन इजरायललाई निरन्तरता दिन समितिको
खाली रहेको पद पुर्ती र थप समिति विस्तार सहित ७ सदस्यीय नयाँ सल्लाहकार
समिति समेत गठन गरिएको छ जसको नामावली यस प्रकार छ
अध्यक्ष -- सुश्री नेहा गुरुङ साईराम
उपाध्यक्ष - श्रीमती गोमा खनाल
महासचिव - श्रीमती सुमित्रा पौडेल 'आँचल '
कोषाध्यक्ष - श्रीमती सरिता बिष्ट घिमिरे
सदस्यहरु --
५ ) श्रीमती लक्ष्मी गीरी
६) श्रीमती सुनिता राई 'सुब्बा'
७) श्रीमती सबिना खड्का
८) श्रीमती निलम भुसाल
९) माया सुनुवार पास्टर
१०) --उमा गुरुङ
११) --धना पुन
१२ ) --शान्ता राई
१३ ) श्रीमती सिन्धु पौडेल
१४ ) श्रीमती शोभा शर्मा
१५ ) श्रीमती कोपिला कोइराला
सल्लाहकार समिति --
लिला लिम्बुलाई सम्मानीय पद अनुसार सल्लाहकार समिति यसरी राख्ने सल्लाह गरियो :
बरिष्ठ सल्लाहकार श्रीमती लिला लिम्बु
मिडिया सल्लाहकार श्री पुष्प श्रेष्ठ
१) श्रीमती मिना वान्तवा राई
२) श्री सुन्दर योन्जन तामांग
३ ) श्री सुर्य सिम्खडा
४ ) श्री बि बि लामा तामांग
५ ) श्रीमती रश्मी घिमिरे