डा केसीले लेखे यस्तो कविता

१. विद्या के हो, स्वास्थ्य के हो, बुझ्दाबुझ्दै अबुझ तिमी
टेबलमुन हात फैलाई, आफ्नो खल्ती भर्नेहरुलाई
पैसा देख्दा ¥याल काडी, तछाडमछाड गर्नेहरुलाई
हो खबरदारी हो हाम्रो
नैतिकता नै जुवा थापी, जिउँदैं लास भई मर्नेहरुलाई
अधर्म र पापको देह, तुलसी काटी बैतरणी तर्नेहरुलाई
२. हिमाल बेच्यौ, नदी बेच्यौ, बेचिसक्यौ प्यारो नेपाल
शिक्षा अनि स्वास्थ्य पनि, तिमीले दाउमा राख्दै गर्दा
होनाहार देशका सपुत, यहाँ विदेश भाग्दै गर्दा
हो लाचार छौ तिमी
गरिखान देउ भनी, जनता अधिकार माग्दै गर्दा
छ्या कालोमोसो दल्नु बरु, यसरी पराकाष्टा नाघ्दै गर्दा
३. कर्णालीमा बुढी आमा डोको चढी डाक्टरकहाँ जाँदा
सानो खोकी आयो भनी, तिमी प्लेन चढ्दै गर्दा
राजनीतिको ढिलासुस्तीमा, आज देश सढ्दै गर्दा
हो लाज पचाउदैंछौं तिमी
इज्जतको धज्जी उडाई, स्वार्थमा अघि बढ्दै गर्दा
ह्विस्की, पिज्जा तिम्रो हातमा, जिकेसी भोकै लड्दै गर्दा
४. देशका शोषक ब्वाँसा तिम्लाई, सडकमै ल्याई झार्छौ भनी
आवाज लिएर आएका छौं, सक्छौ बन्दुक बोकेर आऊ
सयौं हामी उर्लेका छौं, सक्छौं बाजी ठोकेर आऊ
हो परीक्षा हो तिम्रो
अमृतको भेल बगाएका छौं, सक्छौं जहर धोकेर आऊ
क्रान्तिको आँधीहुरी चलाएका छौं, सक्छौं बतास बोकेर आऊ
हो समयलाई चिन्नु छ हामीले
अयोग्य डाक्टर बनाउने संस्था, उखेलेर जरैदेखि ढलाउनै पर्छ
नफिर्ला समय, नजन्मेलान जिकेसी, त्यसैले अब दम लाउनैपर्छ ।


१. भित्रि छुरा बाहिर रामराम, खोई यो कस्तो ख्वाब दियौ
जता हे¥यो हाडैमात्र, खोई यो कस्तो कवाफ दियौ
२. परे ज्यान दिन्छु देशलाई, भन्दै अनसन बस्दा कोही
नीति हामी बनाउँदैंछौं, खोइ यो कस्तो जवाफ दियौं
३. राष्ट्रभक्ति त जलाई छाड्यौ, अस्तु पनि दाउमा राख्यौ
आँचल पक्री माफियाको, खो यो कस्तो दबाब दियौ
४. कालो धनमा अन्धो बन्यौ, अनि कहाँ देख्थ्यौ जनता
आफैंद्वारा आफू ठग्ने, खोई यो कस्तो हिसाब दियौ
५. स्वीजरल्याण्ड बनाउछु भन्नेले शिक्षामा नै कन्जुस किन
चारसय दिन दिँदा पनि, खोइ यो कस्तो लगाव दियौ
६. सम्बोधन गर्छौं माग भनी, चौथो अनसत तोडाई दियौं
आफ्नै बोलीसंग हार्ने मान्छे, खोइ यो कस्तो इन्साफ दियौं
 
((विनिता तिमिल्सिना-स्वास्थ्यखबर))

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com