बागलुङमा, दुई लाख ४० हजारलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने

बागलुङ, १९ फागुन,

राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियानअन्तर्गत यो वर्ष जिल्लाका दुई लाख ४० हजारलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ ।

यही फागुन २३ देखि २५ सम्म औषधि खुवाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सन् २०२० भित्र हात्तीपाइले रोग निवारण गर्ने सरकारी लक्ष्य पूरा गर्न बागलुङमा छ वर्षअघिदेखि अभियान सुरु भएको हो । वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले औषधि खुवाउन एक हजार ९७७ स्वास्थ्यकर्मी र महिला स्वयम्सेविका खटाइने जानकारी दिए ।

औषधि सेवनले कसैमा सामान्य असर देखिएपनि त्यसले जटिलता नल्याउने धवलागिरि अञ्चल अस्पतालका जनस्वास्थ्य निरीक्षक रामप्रसाद खनालले बताए । दुई वर्षमुनिका बच्चा, सिकिस्त बिरामी, गर्भवती, सात दिनसम्मका सुत्केरी र छारे रोगका बिरामीले भने सो औषधि सेवन गर्न नहुने जानकारी उनले दिए । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com