अमेरिकामा नेपाली भेटेरन गौतमलाई फ्रेनचाइज़ स्टोर्स प्रतिस्प्रधामा उत्कृष्ट नतिजा

वाशिंगटन डिसी चैत्र १८ ,
विजय थापा : अमेरिकामा सेवेन /ईलेवेन स्टोर्सले पहिलो पटक आयोजना गरेको भेटेरन फ्रेनचाइज़ स्टोर्स प्रतिस्प्रधामा नेपालको झापा दमक घर भै अमेरिकन सेनाका पूर्व सैनिक रहेका सलिल गौतम उत्कृष्ट तीन प्रतियोगी भित्र छनौटमा परेका छन् ।

उक्त उत्कृष्ट तीन प्रतियोगीहरु मध्ये गौतमले सर्वाधिक मत प्राप्त गर्न सफल भएका छन् l मुहार पुस्तिका (फेसबुक)बाट मतदान गरि हजारौबाट चुनिएर उत्कृष्ट १० मा पर्दै पुन अन्तिम उत्कृष्ट ३ मा पनि पहिलो स्थानमा पर्न सफल भएका छन् ।

अमेरिकाको टेक्सास डालसमा रहेको प्रधान कार्यालयका सम्बन्धित पदाधिकारीले गौतमलाई सबै भन्दा ज्यादा मत प्राप्त गरेकोमा मौखिक बधाई दिएको गौतमले बताए ।  यसै गरि सेवेन /ईलेवेनले पत्राचार गर्दै उत्कृष्ट तीनमा परेकोमा अन्तर्वार्ताको लागि अप्रिल २९ तारिखमा टेक्सास डालसमा बोलाएको बताएका छन् ।

गौतम आफुलाई सर्बाधिक मत परेकोले आफुले उक्त पुरस्कार स्टोर्स नै प्राप्त गर्ने छु भन्ने विश्वास लागेको बताए ।

अमेरिकामा १९२७ मा स्थापना भएको सेभेन-ईलेभन विश्व ब्यापी रुपमा आफ्नो बिस्तार फैलाएको छ । विश्वका ४० वटा भन्दा देशहरुमा सेभेन-ईलेभन सहुलियत पसलहरु संचालनमा रहेका छन् l अमेरिकामा ग्यास स्टेसन (ईन्धन चौकी) बिशेष संचालनमा रहेका छन् ।

सेभेन-ईलेभन पुरस्कार स्वरुप संचालनमा रहेको अमेरिकन सेनामा कार्यरत भेटेरन(पूर्व सेना)हरुलाइ प्रोत्साहन स्वरुप प्रतियोगीहरु मध्येमा सबै भन्दा ज्यादा मत प्राप्त गर्ने प्रथम हुने भेटेरन(पूर्व सैनिक) लाई एउटा सेवेन /लेवेन स्टोर्स स्वामित्व (अनरशिप )दिने घोषणा गरे अनुसार नेपाली मुलका सलिल गौतमले मतको आधारमा सेवेन /लेवेन स्टोर्स पाउने सम्भावना रहेको छ ।

गौतम झन्डै १० बर्ष देखि अमेरिकामा रहदै आएका छन् । अमेरिकन सेना अन्तर्गत ईराक र अफगानस्थानमा समेत सेवा पुर्याई सकेका गौतम हाल भर्जिनियामा परिवार सहित बसोबास गर्छन । उक्त प्रतियोगिता अनुहार किताब (फेसबुक)बाट मतदान गरिएको थियो ।
यस प्रतियोगितामा बिजयी हुने प्रतियोगीलाई अमेरिकाको कुनै पनि स्थानमा ७-ईलेवेन पसल या ग्यास स्टेसन दिने छ भने  ७-ईलेवेनले पुरस्कार स्वरुप प्रारम्भिक चरणमा लाग्ने फ्रेनचाइज़ शुल्क पूर्व सैनिकहरुलाई उक्त रकमको लगानी गर्नु पर्ने छैन ।

फ्रेनचाइज़ शुल्क झन्डै १ लाख ९० हजार डलर पर्ने हुन्छ र त्यो नै सुबिधा प्राप्त हुने भएकोले भेटेरन यसमा सहभागी भएका हुन् भनि गौतमले बताए ।

करिब धरौटी स्वरुप ३० हजार डलर सम्म राख्नु पर्ने हुन्छ भन्दै कुनै पनि पसल या ईन्धन चौकी (ग्यास स्टेसन )मा रहेको मौज्दातको आफुले रकम लगानी गर्नु पर्ने गौतम बताए ।

गौतमले विश्व भरबाट आफुलाई मतदान दिनु हुने सबै प्रति कृतज्ञता ज्ञापन यसै समाचार मार्फत दिन चाहेको बताए । छोटो समयमा अमेरिका र विश्वका कैयौ देशमा रहेका नेपाली समुदायले आफुलाई दिएको मत र गरेको सहयोग कहिले भुल्ने छैन भन्दै यस्ता कुरामा हामीहरु एक जुट हुने रहेछौ भन्दै आफुलाई नेपाली भएकोमा गर्व लागेको बताए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com