इज़रायालमा दुई नारी संस्थाले नारी दिवस मनाए

तेल अभिव फागुन ३०,

नारीदर्पण : नारीका लागि नारी र नेपाली नारी आवाजले भव्यताका साथ् अन्तराष्ट्रिय महिला दिवस मनाए । मार्च १३ तारिक २०१५ शुक्रबारका  दिन इज़रायालको तेल अभिव शहरमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

बैदेशिक रोजगारका सिलसिलामा इज़रायालमा कार्यरत नेपालीहरुले यस पटक छुट्टै खालको कार्यक्रमको अनुभूत गरे । मनोरन्जनका लागि अहिले सम्म थुप्रै नेपाली कलाकार ल्याईसकिएको यस भूमीमा यस पटक नारीका लागि नारी र नेपाली नारी आवाजले यस प्रकारको फरक कार्यक्रम गरेका हुन् । 

कार्यक्रमका प्रमुख अतिथि इज़रायलका लागि नेपाली राजदुत श्री प्रल्हाद कुमार प्रसाईं ज्यु 

इज़रायलमा सुसारे काम गर्ने धेरै नेपालीहरुको भित्र भित्रै समस्याको रुपमा रहेको डिप्रेशनका बारेमा विशेष अन्तरक्रियाका लागि नारीका लागि नारी संस्थाले  अष्ट्रेलियाबाट मनोरोग विशेषज्ञ डा. अनुपम पोखरेल ज्यु लाइ विशेष अतिथि तथा इज़रायलका लागि नेपाली राजदुत महामहिम श्री प्रल्हाद कुमार प्रसाईं ज्यु को प्रमुख आतिथ्यमा तथा श्रीमती सिता प्रसाईं ज्यु, नेपाली राज्धुताबास बाट उपनियोग प्रमुख श्री खड्ग प्रसाद दाहाल ज्यु, श्रीमती लक्ष्मी दाहाल ज्यु, द्धितीय सचिव, श्रीमती रोशना खनाल ज्यु लगायत इज़रायाल्मा स्थापित विभिन्न सांस संस्थाहरुको उपस्थितिमा उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो ।

'' महिला मैत्री संबिधान प्रभावकारी कार्यन्वयन, शिक्षा, स्वाभिमान र एकता महिला हिँसाको निदान ''
नारीका लागि नारी रु एक करोड एक अक्षयकोष अभियान '' यहि नाराका साथी यो संस्था यतिखेर बैधानिक रुपमा अघि बढिरहेको छ । 
नारीका लागि नारीको बार्षिक उत्सव, प्रतिवेदन प्रस्तुत लगायत १०५ औं अन्तराष्ट्रिय महिला दिवस मनाउने कार्य प्रथम चरणमा भएको थियो । र दोस्रो चरणमा अस्ट्रेलिया बाट विशेष आमन्त्रित् मनोरोग विशेषज्ञ डा. अनुपम पोखरेल ज्यु ले डिप्रेशन सँग सम्बन्धित समस्याको कारण, उपाय, समाधान, लक्षण आदि इत्यादी सबै कुराहरुमाथि अत्यन्तै राम्रो अन्तरक्रिया भएको थियो । 
इज़रायलमा बिगत ६,७,८,९,१०  वर्षदेखि कार्यरत नेपाली विकामदारहरुमा बिस्तारै बिर्सिने बानि, स्मरण शक्तिमा स्लो हुने, आफ्नो परिवार तथा इम्प्लोयेरको कामको तावाबले मर्न मन लाग्ने , रातमा निन्द्रा नलाग्ने , खाना नरुच्ने जस्ता अनेक समस्यहरु बारे डाक्टर अनुपम पोख्रेल ज्यु ले प्रत्यक्ष स्पष्ट गरिदिनु भएको थियो । यसैले पनि अरुबेला भन्दा छुट्टै अनि सोहार्द्रता रुपमा सम्पन्न भएको थियो । साँझ आठ बजे देखि रातको १ बजे सम्म कार्यक्रम संचालन भएको थियो । कार्यक्रम छुट्टै किसिमको र सोहार्द्रतापूर्ण वातावरणमा इज़राय्ल्का लागि नेपाली राजदुत महाम्हिव श्री प्रल्हाद कुमार प्रसाईं ज्यु तथा अन्य वक्तित्वहरुले पनि निकै प्रसंसा गर्नु भएको थियो ।

नारीका लागि नारी र नेपाली नारी आवाजले संयुक्त रुपमा सम्पन्न अन्तराष्ट्रिय महिला दिवसमा इज़रायलमा खुलेका अन्य १६ संसाहरु सह-आयोजकका रुपमा रहेका थिए । यसरी हिजो अन्तराष्ट्रिय नारी दिवस भव्यताका साथ् सम्पन्न गरि आज भ्रमणको आयोजना गरेको नारीका लागि नारी संस्थाले आज डाक्टर पोख्रेल सहित संसारकै सबै भन्दा होचो भुमी डेड सी लगायतका रमणीय ठाउँ हरुको अबलोकन सहित गराए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com