बलात्कार भएकी ६ बर्षीय बालिकाको कान्तिका मृत्यु

काठमाडौं फागुन २४,

बारामा बलात्कृत ६ वर्षिया बालिकाको उपचारका क्रममा कान्ति बाल अस्पतालमा मृत्यु भएको छ । बारा सदरमुकाम कलैयामा १७ दिन अगाडी बलात्कृत बालिकाको अस्पतालको पेडिनेटनल आइसियु (पिआइसियु)मा उपचार भैरहेको थियो ।

तर, उनको साँझ ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । बलात्कार भएको दुई दिनपछि मात्र कान्ति अस्पतालमा ल्याइएकी ति बालिका अस्पतालमा ल्यायदेखी नै कोममा थिइन् । अस्पतालका निर्देशक डा चन्देश्वर महासेठका अनुसार भेन्टिलेटरमै उनको कार्डियाक पल्मोनरी एरेस्ट भएर मृत्यु भएको हो ।

मृत्युपश्चात उनको सोमबार पोष्टमार्टम गरिने बताइएको छ । बालिकाको अन्तिम सस्कार कलैयामै नै लगेर गरिने आफन्तहरुले जनाएका छन्। फागुन ८ गते शुक्रबार बेपत्ता पारिएकी बालिका ९ गते शनिबार बिहान अचेत अवस्थामा फेला परेकी थिइन्।  (by,helathnews)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com