रत्ननगर ३० फागुन
रत्ननगर–१० मंगलपुरमा रहेको गामवेसीको चेपाब संर
क्षण केन्द्रमा आश्रित चेपाब वालवालिकाले टोल सरसफाई
गरेका छन । विद्यालय विदाको दिन शनिवार पारेर वालवालिकाले
पञ्चकन्या सामुदायिक वनको मुनिखोला गेट देखि कृष्ण मन्दिर
चोक सम्म सरसफाई गरेका थिए ।
वालवालिकाले मंगलपुरको
बस्ती र सडकमा फालिएका प्लाष्टिक,सिसा संकलन गरी नष्ट गर
ेको केन्द्रका अध्यक्ष केपिकिरण शर्माले जानकारी दिनुभयो
। वालवालिकाहरुले स्थानीयसंग जैविक र अजैविक फोहोरको
व्यवस्थापनका वारेमा अन्र्तक्रिया समेत गरेका थिए ।
विदाको
दिन पारेर महिनाको एक पटक गाउँ र टोलको सरसफाई
अभियान सञ्चालन गरिने अध्यक्ष शर्माले जानकारी दिनुभयो ।
केन्द्रमा चितवन र मकवानपुरका ७७ जना चेपाब वालवालिका आश्रित
छन ।