गुणस्तरीय शिक्षाको लागि एकेडेमीले शैक्षिक संचालन

जिरी, ४ चैत,

रामेछापको बाम्तीभण्डारमा एक करोडको लगानीमा बोर्डिङस्कुल स्थापना गरिएको छ । अङ्ग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले बाम्तीस्थित शिखरपथ एकेडेमीले शैक्षिक सत्र २०७२ बाट कक्षा सञ्चालनको अनुमति पाएको हो । 

तेत्तीस जना सेयर सदस्य रहेको उक्त विद्यालयको स्थापनाले छोराछोरीलाई बोर्डिङमा पढाउने इच्छा राख्नेलाई गाउँमै सेवा पुग्ने विद्यालयका सञ्चालक दीपक कार्कीले बताउनुभयो । उक्त विद्यालयमा कम्प्यूटर शिक्षण पद्धतिबाट शिक्षण गरिने सो एकडेमीमा आउँदो शैक्षिक सत्र २०७२ मा नर्सरीदेखि कक्षा १ सम्मको पढाइ सञ्चालन हुनेछ । 

विद्यालयको लागि आवश्यक भवन, खेल मैदान र शिक्षण पद्धतिका लागि कम्प्युटरलगायतका भौतिक व्यवस्थापनमा रु एक करोड लगानी गरिएको विद्यालयले जनाएको छ । छोराछोरीलाई अङ्ग्रेजी माध्यमको बोर्डिङ स्कुल पढाउन चाहने यस क्षेत्रका अभिभावकलाई दोलखाको जिरी, रामेछापको मन्थली र काठमाडाँैंतर्फ आफ्ना छोराछोरीलाई लैजानुपर्ने वाध्यता अब नरहेको बताउँदै गाउँमै गुणस्तरीय शिक्षाको सुनिश्चितता भएको दाबी सञ्चालक कार्कीले गर्नुभयो । 

सरकारी विद्यालयप्रतिको अविश्वास र अङ्ग्रेजी माध्यमको निजी विद्यालयप्रतिको आकर्षणले सहरतिर केन्द्रित हुनेमा वैदेशिक रोजगारीमा रहेका व्यक्तिको परिवारको सङ्ख्या बढी छ । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com