के यो भारतीय डिप्लोमेसीको मिस्टेक नै हो !

काठमान्डू चैत्र २,

भारतीय विदेश मन्त्रालयले सञ्चालन गरेको फेसबुक पेज  ‘इन्डियन डिप्लोमेसी’ ले काठमाडौं र पाटनका जात्राका तस्वीर राखेर क्याप्सनमा ‘पश्चिम बंगाल’को जात्राका तस्वीर लेखेको छ ।

भारत र भारतको विदेश नीति सम्बन्धमा जानकारी दिनका लागि भन्ने उल्लेख गरिएको उक्त पेजमा नेपालको जात्राका तस्वीर राखेर भारत पश्चिम बंगाल राज्यको भनिनु हास्यास्पद र लापरवाहीपूर्ण भएको कमेन्टमा उल्लेख छ । दुई साताअघि अपलोड गरिएका ती तस्वीरहरु अहिलेसम्म न त हटाइएको छ न सच्चाइएको नै । साभार हिमालखबर :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com