चेपाङ्ग वस्तीमा होस्टेल

काठमान्डू फागुन २८,

''लक्ष्मी प्रतिष्ठा '' यो संस्था अत्यन्त पीडा बाट जन्मिएको संस्था जसले यतिखेर चितवन जिल्लाको कान्दा बस्तीमा रहेका चेपाङ्ग जनजीवनलाइ  परिवर्तन मात्रै गरेको छैन उनीहरुको उचित शिक्षाको ज्योति छर्न दियो बालि सकेको छ ।

बिष्णु गौतम र लक्ष्मी गौतमले आफ्नो दुई जेहेन्दार/जवान देश र समाजको लागि केहि गर्नु पर्छ भन्ने असल छोरा सडक दुर्घटनामा ९ महिनाको अन्तरमा गुमाएपछि विह्ला, आकुल ब्याकुल परिवारले विस्तारै सामाजिक सेवामा समर्पित गर्न थाले र देशका धेरै त्यस्ता ठाउँहरुमा जनचेतना देखि शिक्षा, स्वास्थ्यको लागि अत्यन्त प्रेरणादायी कार्य गर्दै आएको छ ।

यतिखेर चितवनको कान्दा बस्तीका चेपाङ्गहरुको मुहारमा मुस्कान मात्रै छाएको छैन एक प्रकार उनीहरु आफै सक्षम हुन थालेका छन् र त्यो कार्य लक्ष्मी प्रतिष्ठानले गरेको हो । चेपाङ्गका बालबच्चाहरुलाई राम्रो शिक्षा दीक्षाका लागि सहयोग जुटाई यसरी छाताबास निर्माण गर्दैछ ।

बिष्णु गौतमको सामाजिक संजाल वालको भनाइ जस्ताको तस्तै :
 हामी सबै जुटेर कर्मगरे भिर पहरा पनि हाँस्ने रहेछन!! चितवन जिल्लाको अति विकट कान्दामा बसोबास गर्दै आएका अति गरिब सिमान्तकृत चेपाङ्ग बाल्बालिकाहरुकोलागी शिक्षामा पहुच गराउने मनशायले , धेरै साथीहरुको पशिनाबाट बनेको यो छात्राबासमा बैशाख देखी १०० भन्दा बालबालिकाहरु बसेर कान्देश्वरी नि मा वि मा अध्यन गर्नथाल्नेछन।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com