छोराको मुक्काले बाबुको गयो ज्यान

धनगढी चैत्र १४,

धनगढी नगरपालिका–६ मटियारी गाउँमा गएराति छोराले हानेको मुक्काबाट बाबुले ज्यान गुमाएका छन् । रक्सीले मातेको सुरमा भएको झगडामा मटियारी गाउँका कुरु चौधरीले मुक्का प्रहार गर्दा उनका बुवा ५५ वर्षीय बालकृष्ण चौधरीबीच उपचारका क्रममा ज्यान गएको हो ।

छोराले कुट्दा घाइते भएका बालकृष्णको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार झगडामा छोराको मुक्का प्रहारबाट मुख र घाँटीमा गम्भीर चोट लागेर बालकृष्ण गम्भीर घाइते भएका थिए । प्रहरीले कुरु चौधरीलाई नियन्त्रणमा लिएको छ । झगडा हुनुको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com