के एनआरएन गरिबीको भीषण नग्राले चिथोरिएको व्यक्तिले हाक्न सक्लान ?

एनआरएन धनिहरुको संस्था भनेर बात लागेको छ । धनाड्यहरु मात्र नेतृत्वमा जान्छन भन्ने गम्भीर आरोप र प्रत्यारोप लाग्ने गर्छ  । स्थापना काल देखि नै टिका टिप्पणी खेपी रहेको छ ।

गैर आवाशीय नेपाली संघका राष्ट्रिय समन्वय समितिमा पनि अधिकाशं कुबेरहरु नेतृत्वमा आउने गर्छन ।धनाड्य वालाले अधिकांश हाली मुहाली गरेको देखिएको छ । एनआरएन आईसीसी मा नेतृत्व पदमा बस्ने सबै अरब पतिहरु बिजयी भएको ईतिहासले देखाएको छ । सन् २००३ मा स्थापना गर्ने संस्थापक कुबेर थिए र हाल पनि छन् ।

संस्थापक अध्यक्षको कार्यकाल पछिका सबै भन्दा कुबेरका पनि महा कुबेर वर्तमान अध्यक्ष हुन् । १ अरबको मात्र अक्षय कोष खोल्न सक्ने आँटिला र दानबिर पनि हुन् ।

भनिन्छ पैसा भए पछि आफै आँट आउछ । लक्ष्मीले लक्ष्मी तान्छिन । सायद त्यसैले होला एन आर एनका वर्तमान अध्यक्ष ले जे छोए पनि सुन फली रहेको छ । जुनै देशमा टेके पनि पैसै पैसा फलेको फ़लै छ ।

लक्ष्मीले बरदान दिएका परिश्रमी व्यक्तित्वहरुले कुर्सि हाकेका छन् । अन्तर्राष्ट्रिय एनआरएन हाक्न आर्थिक सम्पन्नता हुनु आवश्यक देखिएको छ । त्यो भएन भने संस्था चलाउन र खर्चले धन्न नसक्ने देखिएको छ । धनि हुनु हुन्न भने ससुरालिले सबै व्यवस्था गरि दिदैनन । खर्च पानीको चाजो मामाले गरि दिदैनन । पूर्व ,पश्चिम ,उत्तर र दक्षिण हिडडुल गर्न लक्ष्मीको तारतम्य आफैले मिलाउनु पर्ने हुन्छ ।

धन बोरामा हाली ब्रम्हाण्ड निस्कनु पर्छ । एनआरएन हरुका समस्या सुन्नु पर्छ र समाधान गर्नु पर्छ । जुन काम घरमै बसी बसी गर्न सम्भव हुदैन । घर बाहिर निक्लने पर्छ त्यो व्यवस्था मिलाउन बोरामा बिटाका बिटा पैसा भएकै हुनु पर्छ । कार्यकाल भर भ्रमण नै भ्रमणमा बिताउनु पर्छ । हवाई जहाजको हवाई जहाजमा कार्यकाल जाने हुनाले अर्थ चाहिन्छ ।

आधा कार्यकाल आकाश मै बिताउनु पर्ने हुन्छ । त्यसको लागि दाम गोजीमा हुनु पर्छ । रित्तो गोजिले संस्था हाक्न सकिने अवस्था हुदैन ।

किनभने स्वयम् सेवकरुपमा समय दान गरेको संस्थाले नेतृत्वलाई ८४ व्यंजन खुवाउन सक्दैन । भत्ता र पांच तारे अतिथि गृहमा बासको व्यवस्था पनि गर्दैन । स्वयम् आफैले खर्च बेहर्नु पर्ने हुनाले कुबेर हुनु जरुरि देखिन्छ । धनाड्य छ भने मात्र संस्थाको मुर्धन्य पद ताक्न सकिने वातावरणले देखाएको छ । धनिले एनआरएनको पाङ्ग्रा चलाउन सक्छ । संस्थाको मुखिया हुन् धनवान हुनु अपरिहार्य छ । मालदार हुनु हुन्न भने बेखर्ची भएर बिश्व भ्रमण गर्न नसके प्रतिबद्धता तुहुने हुन्छ ।

मालामाल हुनु हुन्छ भने तपाईको जय हुन्छ । द्रब्यको सुकेनास रोग बाट पिडित हुनु हुन्छ भने तपाइको भय हुन्छ । नेतृत्व लिई मूद्रा निकाल्न गरिब मानसिकता पाल्नु हुन्छ भने कार्यकाल असफल हुने ज्यादा सम्भावना हुने हुन्छ । धन निकाल्न कालो मन गर्नु हुन्छन भने सूर्य हेर्नु बेकार हुनेछ । संस्था हाक्ने ईक्षा हुदा आर्थिक सम्पन्न हुनु एक पर्नेछ ,दुई पर्ने छ र तीन पर्ने छ  । नत्र नेतृत्व लिन सपना जस्तै हुनेछ ।

आर्थीक दरिद्रताको भीषण नग्राले चिथोरिको छ भने नेतृत्व लिने दिवा सपना त्याग्नु पर्छ । एउटा देशको नेतृत्व लिन पनि धेरै खर्च जुटाउनु पर्ने अपरिहार्यता हुने भएकोले विश्वको नेतृत्व लिन आखिर भब्य धनाड्य हुनै पर्छ ।

अझ पनि धनिहरुको संस्थाबाटै एनआरएन चिनिन्छ । निरन्तर धनिको संस्था भनि टाचा लगाइने काम भै रहेको हुन्छ । टिका टिप्पणी बाट उन्मुक्त हुन् पाई रहेको छैन । धनिहरुको क्रिडा स्थल भनि भिषण दोषारोपण लगाईन्छ । आखिर यसै आरोप ,उसै आरोप । धनिहरुको मात्र संस्था हो भनि सुगा रटाई गरिन्छ भने ,हो भने हो ? प्रजातन्त्रमा वाक स्वतन्त्रता छ  । आखिर धनाड्यहरुले नेतृत्व लिए पनि सस्थाको धनीपुर्जा कब्जा गरि धरौटी राखेर बेच बिखन गरेको ईतिहास कतै देखिदैन ।

नेतृत्व वर्गमा धनि व्यक्ति आएका छन् यो ध्रुब सत्य हो । यस अर्थमा यो हैन कि अन्य व्यक्ति नेतृत्वमा नआएका भन्ने पनि हैन ।  एनआरएन संस्था धनिहरुको मात्र नभै सबै वर्गको प्रतिनिधित्व गर्दछ । यसमा दुईमत छैन । यदि आर्थिक सम्पन्न छैन भने स्थानीय तह सम्म हाक्न सक्ने हुन्छ तर राष्ट्रिय स्तरमा नेतृत्व लिन खोज्ने व्यक्तिको गोजी बलियो हुनु पर्छ नत्र साधारण सदस्यमा चित्त बुझाउनु पर्ने हुन्छ । सुको निकाल्न मुस्किल छ भने आकाश हेर्न छोड्नु पर्ने हुनेछ ।

आखिर कुलो र कुरोलाई जता घुमाए पनि हुन्छ  । गरिबीको भीषण नंग्राले चिथोरिएको व्यक्तिले एनआरएन अहिले सम्म नेतृत्व लिन सकेको देखिदैन । के सक्लान त ? सक्ने सम्भावना दुर्लब हुन्छ l घुमी फिरी रुम्झाटार भने झैँ एनआरएन को नेतृत्व कुबेर र धनाड्यले लिए के फरक पर्ला त ? 

....................................अस्तु

विजय थापा 
डिसी

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com