ल्याटिन अमेरिका एक अनुभव

करिब ५ बर्ष देखि ल्याटिन अमेरिकी मुलुक कोलोम्बियालाइ आधार बनाएर बिशेष गरि ल्याटिन अमेरिकी मुलुकहरुको यथार्थ लाइ नजिक बाट बुझ्ने सिलसिलामा विभिन्न तह तप्काका व्यक्ति बिशेष हरु संग जोडिने मौका मिल्यो। तर,  ल्याटिन अमेरिकी मुलुकमा नेपाली मुलका जो जति बसोबास गर्छन उहाहरु संग मेरो कुनै सम्पर्क हुन सकेन।

र ल्याटिन अमेरिकी मुलुकमा नेपालको तर्फ बाट बिबिध क्षेत्र बाट प्रतिनिधित्व गर्दै सहभागी हरु मध्ये केहि यस्ता स्वार्थी व्यक्तित्व रहेछन (पात्र हरु निकट भविष्यमा प्रकाशित हुने ल्याटिन एक अनुभव नामक पुस्तकमा समेट्ने छु ) ल्याटिन मा बसोबास गर्नेहरुलाई कुनै महत्व नदिएको देख्दा बलेको आगो ताप्ने स्वार्थी हरुको झुण्ड बाहेक केहि हैन भन्ने मेरो ठहर छ। यस्ता व्यक्तित्व न आज सम्म जरुरि थियो न भविष्यमा नै पर्ला।

अर्को कुरो ल्याटिन मा जती पनि नेपाली बसोबास गरेर बसेका छन् तर यहाँ कुनै संगठन नभएकोले मैले एनआरएन लाइ पत्राचार गरेको थिए। एनआरएन ले संगठन खोल्न प्रारम्भिक अनुमति दिएता पनि मेरो ५ बर्षको असफल प्रयास को बाबजुत कुनै पनि नेपाली समुदाय संग जोडिन सकिन। मेरो सम्पूर्ण प्रयास विफल बन्न पुग्यो।
ल्याटिनको यथार्थ , नेपाल बाट हुने मानव तस्करी लगायतका बिषयमा नेपालको चल्तीका मीडिया हाउस लगायत यस सम्बध कारिन्दा हरु संगको संगत , सम्पर्क पनि त्यतिकै खेर गएको छ। ठुला ठुला कुरा गरेर अरुको समय माथि खेलवाड गर्ने केहि नाम चलेका पात्र हरुको पनि आगामी पुस्तकमा समेट्ने जमर्को गर्नेछु………………… यसै सेरोफेरोमा एक सनसनी पूर्ण अनुभव हरुको संगालो निकट भविष्यमा भावी पुस्ताको निम्ति लेख्ने जमर्को गरेको छु। निकट्तम शुभचिन्तकहरुको मात्र सहयोग एवं सुझाब को अपेक्षा गरेको छु।

छत्र बहादुर मैनाली

Bogota DC.COLOMBIA

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com