युवा केन्द्रित पाँच दिने तालिम समापन

चैत्र ९, रामपुर ,

अनन्त सुबेदी : प्रकृति प्रवाह राष्ट्रिय त्रैमासिकको आयोजनामा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा आयोजित युवा उत्प्रेरण तथा उद्यमशिलता शिप विकाश सम्बन्धि पाँच दिने तालिम सोमवार समापन भएको छ ।

रामपुरमा अध्ययनरत विद्यार्थी सहित पोलिटेक्निक, सप्तगण्डकिका युवा विद्यार्थिहरु सम्मिलित तालिमको सहआयोजना कृषि तथा वन विज्ञान विश्वविद्यालय, कृषि पत्रकारिता तथा वातावरण अनुसन्धान केन्द्र, उद्योग वाणिज्य महासंघ भरतपुरले गरेका थिए ।

समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयका डिन प्रा. डा. डिल्लिराम बरालले विद्यार्थिहरुको व्यक्तित्व विकासका लागि विश्वविद्यालयले यस्ता तालिमलाई निरन्तरता दिने र तालिमबाट सिकेका ज्ञानहरुलाई व्यवहारमा उतार्न प्रशिक्षार्थिहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा विशेष अतिथि निरन्तर शिक्षा केन्द्रका निर्देशक प्रा डा मोहन शर्मा, सिडिसि निर्देशक प्रा डा श्रवणकुमार साह, विनरक इन्टरनेशनलका छन भट्टचन, प्रशिक्षक जेरेमि एन्जल, स्टिभन माइकसेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा जेरेमि एन्जलले तालिममा विद्यार्थिहरुले उत्साहजनक रुपमा सिकेका र यसलाई व्यवहारमा उतार्ने विश्वास व्यक्त गर्दै यसमा आउने कठिनाइलाई विश्वविद्यालयका प्राध्यापक तथा विभिन्न निकायहरुले सहयोग गर्नुपर्ने बताए ।

सो कार्यक्रममा कृषि पर्यावरणविद स्टिफन माइकसेलले विकाससँगै कृषि उत्पादनमा उर्जाको निर्भरता बढेकाले उत्पादन महँगो हुँदै गएको र यसलाई समयमा नै नियन्त्रण गर्दै कृषिलाई वैज्ञानिक तथा वातावरण मैत्रि बनाउनुपर्नेमा जोड दिए । तालिम कार्यक्रम युएस एडको सहयोगमा सञ्चालित फार्मर टु फार्मर भोलुन्टरको सहयोग र विनरक इन्टरनेशनलको संयोजनमा अमेरिकाबाट आउनुभएका प्रशिक्षकको सहयोगमा सम्पन्न भएको थियो ।

ज्ञान र सिप सिकाउन फार्मर टु फार्मर भोलुन्टर कार्यक्रम अफ्रिकामा निकै ख्याति प्राप्त भएको र हालसालै यो नेपालमा पनि सुरुवात भएको छ । कार्यक्रममा सहभागि वरुणदेव आचार्यले तालिमबाट सम्पुर्ण प्रशिक्षार्थीले निकै महत्वपूर्ण जानकारी हासिल गरेका र यसलाई व्यवहारमा उतार्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रा डा श्रवण कुमार साह, प्रा डा मोहन शर्मा लगायतले बोल्नुभएको थियो । पाँच दिने कार्यक्रम समापन गर्नुहुँदै कार्यक्रमका सभापति तथा प्रकृति प्रवाहका प्रधान सम्पादक अनन्तप्रकाश सुवेदीले यसको सफलता भनेको प्रशिक्षार्थिहरुले सिकेका ज्ञानलाई व्यवहारमा उतार्दै सफल व्यवसायि भएर मात्र सम्भव भएकाले त्यसतर्फ लाग्न सम्पुर्णलाई आग्रह गर्नुभयो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com