आर्या मिस इन्डिया

एजेन्सी चैत्र १६,

दिल्ली यूनिभर्सिटीकी विद्यार्थी अदिति आर्या यो वर्षी मिस इन्डिया भएकी छन् ।

मुम्बईस्थित यशराज स्टूडियोमा भएको प्रतियोगिता मा फस्ट रनरअप मुम्बर्इकी आफ्रिन रेचल वाज भइन् । त्यसैगरी सेकेन्ड रनरअपको उपाधि लखनऊको आईटी कलेजकी विद्यार्थी वर्तिका सिंह भइन् ।

शनिवार भएको यो प्रतियोगितामा करिना कपुर र शाहिद कपूरले आफ्नो कला प्रदर्शन गरेका थिए । यसका साथै कार्यक्रममा कमेडी नाइट्स विद कपिलका 'पलक' र 'दादी' ले दर्शकलार्इ हँसाएर मनोरञ्जन गराए । फेमिना मिस इन्डिया प्रतियोगितामा दिल्ली बस्ने युवतीहरुको दबदबा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अदितीले मिस इन्डियाको ताज पहिरिँदा दिल्लीकै श्रीराम कलेज अफ कमर्सकी छात्रा दीक्षा कौशलले शीर्ष पाँचमा स्थान बनाइन् । दिल्ली यूनिभर्सिटीकी छात्रा रहिन रुसाली राय शीर्ष १० सम्म पर्न सफल भइन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com