इजरायलमा नारी दिवस भव्य रुपले मनाईने ।

तेल अभिव फागुन २७,

११ मार्च, इजरायल इजरायलमा १०५ औं अन्तराष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रमका साथ मनाईने भएको छ । 

नेपाली नारी आवाज र नारीका लागि नारी दुइबटा संस्था मिलेर एउटै मञ्चमा मार्च १३ तारिख शुक्रबार बेलुकी ८ बजे तेल अभिवको लेबन्डा .तेश्रो तल्लामा आयोजना हुने कार्क्रमको सम्पुर्ण तयारी पूरा भएको जानकारी नारी आवाजकी सुचित्रा खनियाले दिनु भएको छ । 

इजरायलका लागि महामहिम राजदूत श्री प्रह्लाद कुमार प्रर्साईज्युको प्रमुख आतिथ्यमा हुने समारोह दुइ चरणमा सम्पन्न हुँदैछ । पहिलो चरणमा नारी दिवस सम्बन्धी प्रवचन हुनेछ भने दोश्रो चरणमा मानसिक रोग (डिप्रेशन) सम्बन्धी स्वाथ्य काउन्सिलिङ हुनेछ । 
स्वाथ्य काउन्सिलिङ क्लासका लागि अष्ट्रेलियाबाट मनोरोग विशेषज्ञ डा. अनुपम पोखरेल आज विहान इजरायल आइपुग्नु भएको छ । डा. पोखरेललाई आयोजकका तर्फबाट नारीका लागि नारीकी नितु खतिवडा,र नेपाली नारी आवाजकी सुचित्रा खनिया, हिन्दु जागरण अभियान इजरायल कि मोनिका शर्मा तथा किराँत याक्थुंग चुम्लुंगका बिवस खापुंगले एअरपोर्टमा हार्दिक स्वागत गर्नु भयो । 

इजरायलमा कार्यरत नेपाली दिदी बहिनीहरु अधिकांश समय बुढा बुढीकै स्याहार सुसारमा रहने भएकोले मानसिक थकान अनुभव हुनु स्वभाविकै हो । मानसिक रुपले अशक्त बुढा बुढीको रोगको प्रभाव निकटमा रहने व्यक्तिमा पनि पर्ने भएकोले मनोरोग (डिप्रेशन) सम्वन्धी काउन्सिलिङ क्लास यहाँ कार्यरत दिदी बहिनी, दाजु भाई सबैमा प्रभावकारी हुने विश्वास आयोजकहरुको रहेको छ । नारी दिवसको यो कार्यक्रममा सहभागी हुन बुद्धिजीबी, पत्रकार र सबै नेपालीमा हार्दिक अनुरोध गरिएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com