अष्ट्रेलियामा अध्ययनरत व्लड क्यान्सर पिडित पौडेललाई सहयो गको आग्रह

चितवन, फागुन २० गते 

शिशिर सिंखडा  : अष्ट्रेलियामा अध्ययनरत पुर्वी चितवनको जुटपानी ७ सुर्यपुरका उज्वल पौडेललाई व्लड क्यान्सर भएकाले उपचारका लागी आर्थिक सहयोग गरिदिन परिवारले आग्रह गरेका छन् । 

एक वर्ष अगाडी विद्यार्थी भिसामा अध्ययनका लागी अष्ट्रेलियाको ब्रिसवेन शहर पुगेका २० वर्षिय पौ डेल अहिले व्रिसवेनको अस्पतालमा उपचाररत छन् । व्लड क्यान्सर भएका पौडेलको उपचार गर्न नेपाली १ करोड रुपैया भन्दा वढि लाग्ने अस्पतालले जनाएको उज्वलका बुवा डम्वर पौडेलले जानकारी दिनुभयो । 

वोन म्यारो प्रत्यारोपण वाहेक सामान्य उपचार त्यहाँको स्वास्थ्य विमा कम्पनीले गरिदिने भएपनि महंगो शुल्क भने आफैले वेहो र्नु पर्ने भएकाले समस्या परेको पौडेलले वताउनुभयो । घरको आर्थिक अवस्था कमजोर रहेकाले त्यति ठुलो रकम जुटाउन समस्या भएको र छो राको जीवन रक्षाका लागी सहयोगको अपेक्षा गरिएको उज्वलकी आमा लिला पौडेलले सवैमा आग्रह गर्नुभयो । 

उज्वलको उपचारका लागी गैर आवासीय नेपाली संगठन अष्ट्रेलिया र क्वीन्सल्याण्ड शहर को नेपाली संगठनले पनि सहयोगका लागी सवैसंग अनुरोध गदै र् आर्थिक संकलन थालिएको जनाएको छ । रिंगटा लागी अस्पतालमा जचाउन पुगेका उज्वलको रगत परिक्षण गर्दा व्लड क्यान्सर भएको त्यहाँको अस्पतालले वताएको वुवा डम्वर पौडेलले वताउनुभयो । 

 उज्वललाई सहयोग गर्न चाहनेले उनका बुबा डम्वर पौडेलको मो वाईल नम्वर ९८४५१३९५७८ मा सम्र्पक गर्न सक्नु हुने छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com