कविता '' नारी '' - नीता केसी
आजका नारी
अग्नि परीक्षा दिन्नन्
बरु लड्छन्
सार्बभौमका लागि
आजका नारी
स्वाभिमानी अनि स्वाधीन छन्
आजकी नारी
कर्मसिल अनि कर्मठ छन्
बरु मर्छन्
अस्मिता जोगाउनका लागि
उनी टुक्रिएर जिउन मान्दिन
उनी च्यत्तिएर सिउन मान्दिन
पक्कै अर्थहीन छैन
नारी अस्तित्व
मन जस्तै आकारहिन छ,
उनको दाईत्व
सुन जस्तै स्वर्णिम छ,
उनको व्यक्तित्व
उनी नारी
उन्मुक्तिको कथा लेख्नुछ
ब्यथालाई चिथोरेर फाल्नुछ
उनी नारी
वर्ण विन्यास हैन,
सशक्तीकारणमा विश्वास राख्छे
उनी नारी
किल्चिएर हैन, होचिएर हैन,
अग्ग्लिएर जिउन जान्छे
'आमा' शब्दको
पबित्र मन्त्रोउच्चारन हुन् नारी
'आमा' 'भाबना' को
जिबन्त देबीको हुन् नारी
अपरिभाषित उदाहरण हुन् नारी
धारा हुन् श्रीष्ठीका उनी
जरा हुन् परिस्थितिका उनी
धैर्यताका प्रचुर गहिराई उनमा
मर्यादाका सम्पूर्ण सस्कार उनमा
तेसैले 'समिक्षा' मात्र हैन
सदिक्षा हो नारी
तेसैले 'अनुराग' मात्र हैन
बन्दनीय स्तुति हो नारी - !!!
==============
give respect and get respect. happy women's day.